नारायणगढ–मुग्लिन सडक एक दिन अवराेधरहित हुने

शुक्रबार, २९ पुष २०७३, १३ : ४६ नागरिक

रत्ननगर (चितवन)– हरेक दिन नियमित १०ः३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ ।

यहाँ आज साँझदेखि भोलि दिनभर मेला लाग्छ । मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो सडकको विभिन्न स्थानमा पुनःनिर्माण भइरहेकाले दिउँसो बन्द गरेर काम हुँदै आएको छ ।

निर्माणाधीन सडक आगामी बैशाखमा सक्ने लक्ष्य छ । विश्व बैंकको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ ।

उक्त आयोजनाको लागत रु दुई अर्ब ९० करोडको छ । तीन चरणमा छवटा निर्माण कम्पनीले काम गरिरहेको छ । यो सडक साढे ९ देखि साढे ११ मिटरमा विस्तार हुनेछ । अहिलेसम्म ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशतमात्रै काम भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।

देवघाट पुलमा एक पटकमा एक सयजना मात्रै प्रवेश

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी यहाँ रहेको पुलमा एकपटकमा करिब एक सयजनालाई मात्रै प्रवेश दिइने भएको छ ।

त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए।

मकर सङ्क्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँमा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गम त्रीवेणमा माघेसङ्क्रान्ति मेला लाग्छ । मेलाको तयारी पूरा भएको देवघाट क्षेत्र विकास विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad