coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका चार स्थानीय तहलाई सेभ द चिल्ड्रेनको सहयोग

उदयपुर- कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम गर्न उदयपुरका ४ स्थानीय तहलाई दातृ निकाय सेभ द चिल्ड्रेनको साझेदार बाल विकास समाज (सिडिएस) उदयपुरले आवश्यक स्वास्थ्य सामग्री उपब्ध गराएको छ। त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली र उदयपुगढी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो। 

उनीहरुलाई १४ लिटर सेनिटाइजर, १ हजार ५ सय थान सर्जिकल मास्क, १ हजार २ सय २० थान ग्लोव, १५ जोर बुट, २ सय थान साबुन र १५ जोर युटिलिटी ग्लोव उपलब्ध गराइएको छ। सिडिएसका अध्यक्ष इश्वर मगर र सेभका कार्यक्रम संयोजक दिपक बुढाथोकीले त्रियुगा नगरप्रमुख बलदेव चौधरी, कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, ताप्लीका अध्यक्ष उद्धवसिंह थापा र उदयपुरगढी अध्यक्ष मानबहादुर केप्छाकी मगरलाई सामग्री प्रदान गरे।

कोभिड–१९ को महामारीविरुद्ध सामूहिक लडाई लड्न सरकारले सबैपक्ष जुट्न आव्हान गरे अनुरुप सुरुवाती सहयोग स्थानीय सरकारलाई उपलब्ध गराएको बुढाथोकीले बताए। सामग्री बुभ्mदै नगरप्रमुख चौधरीले महामारीबाट सबै नगरबासीलाई बचाउँन जनप्रतिनिधिहरु संबेदनसिल भएर सञ्चालन गरिरहेको अभियानमा सिडिएसको सहयोगले थप उर्जा मिलेकोप्रति आभार व्यक्त गरे।

सेभसँग विगत दशकयता विभिन्न साझेदारी कार्यक्रम गर्दै आएको कटारी नगरप्रमुख श्रेष्ठले कोरोनाविरुद्ध अभियानमा अत्यावश्यक पीपीई, आईआर थर्माेमिटरलगायत धेरै सामग्री अझै अभाव रहेको भन्दै थप सहयोगको अपेक्षा गरे। स्थानीय सरकारको अपेक्षा अनुसार थप सहयोगका लागि केन्द्रीय कार्यालयसँग पहल भईरहेको बुढाथोकीले आश्वासन दिए।

 

प्रकाशित: २५ चैत्र २०७६ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App