७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

तालिवान प्रमुख कमाण्डरसहित १२ जनाको मृत्यु

अफगानिस्तान-अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार आतङ्ककारीको अखडालक्षित विमानबाट गरिएको बमबारीमा १२ आतङ्ककारी मारिएका छन् ।

मारिएका यी आतङ्ककारीहरूमा तालिवान प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो बमबारी भएको अवस्थामा ती आतङ्ककारीहरू सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

हेलमाण्ड प्रान्तमा सरकारी बलसँग गत दुई वर्षयता रक्तपातपूर्ण सङ्घर्ष गरिरहेका तालिवानी आतङ्ककारीहरू भने यस बमबारीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस-सिन्हवा

प्रकाशित: २९ पुस २०७३ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App