coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुको आइसोलेसन अस्पतालमा मृत्यु भएका गोभर्धनको कोरोना रिपोर्ट नेगेटिभ

कपिलवस्तु – कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ। सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो। उनको स्वाब परीक्षणको लागि प्रादेशिक प्रयोगशलामा भैरहवामा २ दिन अघि पठाईएको थियो।  विरामीको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार फाक्सो, मुटुले काम गर्न छाडे पछि उनको मृत्यु भएको हो। उनको स्वाब परिक्षणका लागि बुटवलमा २ दिन अघि पठाईएको थियो। ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरे पछि भरलाई चन्द्रौटा स्थित स्थानीय मेडिकलमा उपचार हुन नसके पछि कपिलवस्तु अस्पताल पठाईएको थियो। उनको शवलाई अस्पतालको फ्रीज घरमा राखिएको छ।


 

प्रकाशित: २५ चैत्र २०७६ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App