८ वैशाख २०८१ शनिबार
समाज

विपन्न परिवारलाई खाद्यान्न वितरण

राहत वितरण गर्दै वडाध्यक्ष भुवनराज भट्ट । तस्बिरः नागरिक

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–१ को कार्यालयले वडाभरीका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।

अधिकांश विपन्न समुदायका नागरिक दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने भएकाले लकडाउनका कारण उनीहरुको जिविकोपार्जनमा समस्या भएपछि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष भुवनराज भट्टले बताए। वडाका दुई सय ७६ परिवारलाई राहत वितरण गरिएको हो।

प्रति परिवार १० किलो चामल, १ पाकेट तेल, १ किलो दाल र दुई साबुन गरेर राहत वितरण गरिएको हो। दशरथचन्द नगरपालिकाले प्रत्येक वडामा दैनिक ज्याला मजदुरी गर्ने नागरिकको तथ्यांक संकलन गरेर राहत वितरण गर्दै आएको छ। कोरोना भाइरसको कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका स्थानीय समस्यामा परका छन्।

लकडाउनको कारण मजदुरी गर्न नपाएका विपन्न परिवारलाई राहत वितरण गर्न थालेको नगर उपप्रमुख मीना चन्दले जानकारी दिइन्। अहिले सम्म वडा नं. १, ५ र ७ मा राहत वितरण भइसकेको छ।

 

                                                 

प्रकाशित: २५ चैत्र २०७६ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App