७ वैशाख २०८१ शुक्रबार
समाज

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम - कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ।

सो गाउँपालिकामा चैत १ गतेयता नौ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए। सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो। विदेशबाट फर्केकाको सम्पर्कमा पुगेका चार जना आफन्तलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए।

जिल्लामा सोमबार साँझसम्म ११ जना महिला र ४३ जना पुरुष गरी ५४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको हो। हालसम्म नौ जना कोरोना भाइरसको लक्षणसँग मिल्ने विरामीहरुको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ। रासस

 

प्रकाशित: २५ चैत्र २०७६ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App