coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनमा के गर्दै छन् चिया पारखीहरु ?

पाँचथर– सदरमुकाम फिदिम तथा अन्य बजारमा चिया खाने आ–आफ्ना ‘जक्सन’ छन्। चियालाई माध्यम बनाएका राजनीतिक, समाजिक, साहित्यिक, सास्कृतिक छलफल तथा स्थानीय सवालका विषयमा टिप्पणी हुने गथ्र्यो। ‘चिया खान भेटेर सल्लाह गरौन’ शैलीका चियासँग गासिएका सवालहरु प्रसस्त भेटिन्छन्।

तर ‘लकडाउन’ पछि चियापसलहरु खुलेका छैनन्। चियाका पारखीहरु पनि  घर तथा डेरामै बसेका छन्। तन्नेरीदेखि पाका उमेर समूहकाहरु चिया शौखिन छन्। विहान, दिउँसो, साझ चिया खान भेला आ–आफ्नै समूह छन्। साहित्यकर्मी, राजनीतिज्ञ, युवा, पत्रकार लगायतको चिया टिम छ। लकडाउनपछि घरमै चिया खान पाएपछि दैनिक छलफल र भेटघाटको माध्यम हराएको उनीहरु बताउँछन्।

चियाका पारखी मध्येका एक फोटोग्राफी तथा सास्कृतिको अध्येयता भवानी तावा चिया छलफलले उत्साह बढाउने अनुभव सुनाउँछन्। घरमै बस्ता नयाँ विषयमा छलफल हुन नपाएको उनको भनाई छ। ‘आफूलाई लागका कुरा सुनाउने, अरुको सुन्ने तथा अरुका कामले आफूलाई पनि जागर चल्ने गर्छ’ उनी भन्छन् ‘चिया पिउन दैनिक भेटिने साथीहरुसँग यतिबेला फोनमा भेटिरहेका छौँ।’ घरमै पठनपाठनलाई जोड दिएको उनले बताए।

फिदिममा विभिन्न चिया पसल चर्चित छन्। चिया पिउन समूहले आ–आफ्नो चिया अड्डा बनाएको देखिन्छ। चिया एउटा माध्यम हो। ‘चिया खान भेटौँन भनेर विभिन्न विषयको ज्ञान आदान प्रदान तथा धारणा साट्ने गरिन्छ’ नागरिक अगुवा प्रेम ओझा भन्छन् ‘चिया पिउने चलन घरघरमा छ। पाउन आउदा पहिलोपल्ट चियालनै स्वागत गरिन्छ।

तर  भेला भएर छलफल गर्दै पिउनको महत्व अर्कै छ।’ कञ्चनजङ्घा एकेडीमका प्राचार्य ओझाका दैनिक रुपमा विभिन्न क्षेत्रका मानिसहरुसँग चिया पिउदै गफिन्थे। आफ्नै सर्कलका साथीभाईहरुसँग चिया बहसमा फरक फरक धारण सुन्न पाउने उनको भनाई छ। अहिले अधुरा लेखनका काम र पढ्ने कुरा अघि बढाइरहेको उनले सुनाए।

दुध चिया, कालो चिया, ग्रिन टी, गोल्डेन टी लगायका विभिन्न प्रकारका सौखिनहरु छन्। जिल्लामा अग्र्यानिक चियाको फरक विशेषता छ। कञ्चजंङ्गा टिस्टेट देश विदेशमा चर्चित छ। अन्य टिस्टेट, सहकारी तथा साना किसानले चियाँ उत्पादन गर्छन्। जिल्लामा उत्पादित चिया पिउने मोह उत्तिकै छ। हातेपत्तिमा रुचि राख्नेहरु पनि छन्। यहाँको चिया देशविदेश विक्रि हुन्छ। कोशेलीको रुपमा पनि लगिन्छ। इलाम–पाँचथरमा उत्पादित चियाको स्वादमा रमाउनेहरु विभिन्न चोकमा रहेका चिया पशलमा गफिएका भेटिन्छन्।

फिदिमको मेन रोडमा ‘कवि कुनो’रहेको छ। हरेक  चिया पिउदै साहित्यकबारे छलफल गर्ने तथा नयाँ सिर्जना थलो सुनाउने। यहाँका कवि साहित्यकाहरु चिया पिउदै साहित्यमा रमाईरहेका देखिन्छन्। ‘चिया पिउदै साहित्यमा गफिने माध्यम थियो। बहस हुन्थ्यो। चिन्तन गथ्र्यौ। नयाँ पाउलाई स्वागत गथ्र्यौ। अहिले केहि रित्तताको अनुभव भईरहेको छ ’कविकुनामा बाक्लो भेटिने एक जना साहित्यकार राज दिलाञ्जलीले भने ‘लक डाँउनको समयलाई घरमा बसेर सृजनशिल बनाईदै छ। अहिलेको महत्पूर्ण बिषय कोरोनाबाट जोगिने हो।’

राजनीतिक निर्णय, समाजिक काम तथा राष्ट्रिय राजनीतिको छलफल तथा चर्को टिप्पणी चिया पशलहरुमा भेटिने गथ्र्यो। विभिन्न पार्टीका राजनीतिककर्मीहरु पनि चिया पिउदै एकैठाँउमा बहस गरीरहेका देखिन्थे। ‘गफ गर्ने माध्यम रहेछ। चियात घरमै पिईन्छ तर साथीभाईसँग भेटेर छलफल नहुँदा के नभएजस्तो लाग्दो रहेछ’ संघिय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष सागर केरुङ भन्छन् ‘फोनमा गफ त हुन्छ तर राजनीतिक बहस गर्न पाइएको छैन।’

सहर तथा ग्रामिण क्षेत्रमा रहेका चिया पशलमा समाजिक चिन्ता तथा चासो निक्कै महत्पूर्ण हुन्छ। चिया पिउदै बहस गर्नेविषयहरु प्रसस्त हुने गरेको नेविसंघ पाँचथरका उपाध्यक्ष धनकुमार लावती बताउँछन्। लकडाँउनलाई सफल बनाउदै समाजिक सञ्जालमा बढि समय गईरहेको उनले सुनाए ।

 

प्रकाशित: २४ चैत्र २०७६ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App