coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वाव परीक्षण सुस्त

सुर्खेत – कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरे यता विदेशबाट आठ हजार ५ सय ५० जना नागरिक कर्णाली प्रदेशमा भित्रिएका छन्। सरकारले लकडाउनको अवधिमा विदेशबाट आउने सबै नागरिकहरुलाई न्यूनतम १४ दिन क्वारेन्टाइनमा राख्न र उनीहरुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। 

कर्णालीमा विदेशबाट आएका नागरिकहरुलाई राख्नका लागि दुई हजार ५२५ क्वारेन्टाइन, तीन सय ३९ आइसोलेसन बेड, १७ आइसियू र सात भेन्टिलेटर छन्। विदेशबाट आठ हजारबढी नागरिक कर्णाली भित्रिएको भएपनि जम्मा आठ सय ४२ जना मात्रै क्वारेन्टाइनमा छन् भने पाँच सय ९२ जना होम क्वारेन्टाइनमा राखिएका छन्।

हालसम्म कर्णाली प्रदेशका विदेशबाट आएका ६५ जनाको मात्रै थ्रोड स्वाव परीक्षण गरिएको छ। अहिलेसम्म सबैको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। पछिल्लो समय कर्णाली प्रदेश अस्पतालमै कोरोना परीक्षण हुने भएपनि जनशक्ति र उपकरण अभावमा त्यो प्रभावकारी बन्न सकेको छैन्। 

प्रदेश अस्पतालका फोकलपर्सन डा. केएन पौडेलले एउटै मेसिन भएकाले दैनिक १२ देखि १५ जनासम्मको मात्रै स्वाव परीक्षण हुने गरेको बताए। ‘पूर्वाधार र जनशिक्त अभावमा स्वाव परीक्षण ढिलो हुने गरेको छ,’ उनले भने, ‘यहीँ अवस्था रहे विदेशबाट आएकाहरुको स्वाव परीक्षण गर्न महिनौ लाग्ने अवस्था छ।’ 

प्रदेश अस्पतालले ज्वरो आएका, ५५ वर्ष उमेर कटेका, खोकी लागेका र भारतबाट आएका नागरिकहरुको मात्रै अहिले स्वाव संकलन गरेर परीक्षण गर्ने गरेको छ। ‘अरु प्रदेशको भन्दा कम क्षमताको मेसिन हो, अहिलेसम्म कसैमा कोरोना नदेखिएकाले खासै समस्या छैन्,’ फोकलपर्सन डा. पौडेलले भने, ‘कुनै एक व्यक्तिमा मात्रै कोरोना पोजेटिभ देखिए ठूलै समस्या आउन सक्छ।’

सोमबार प्रदेश अस्पतालले सात जनाको मात्रै स्वाव परीक्षण ग¥यो। ‘एकैदिन सुर्खेतसहितका जिल्लाबाट २३ जनाको स्याम्पल आएको थियो,’ उनले भने, ‘सात जनाको मात्रै रिजल्ट निकाल्न सक्यौं।’ उनले कर्णाली कोरोनाको उच्च जोखिममा रहेकाले अहिलेनै जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नु आवश्यक रहेको बताए।

प्रकाशित: २४ चैत्र २०७६ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App