८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रोल्पामा कोरोना ‘नियन्त्रण र रोकथाम’का लागि तयारी

जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दै । तस्बिर: दिनेश/नागरिक

रोल्पा- कोरोना नियन्त्रण र रोकथामका लागि बिभिन्न थप उपाय अपनाउने भन्दै रोल्पा जिल्लामा निरन्तर छलफल र तयारी भईरहेको छ। यसैबीच सोमवार जिल्ला प्रशासन कार्यालय रोल्पामा सर्वपक्षिय छलफल गरिएको हो। छलफलका क्रममा जिल्ला स्वास्थ्य प्रमुख अनिल केसिले कोरोना संक्रमण र महामारीका चरण र त्यसका बारेमा प्रस्तुती समेत गरेका थिए।

संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारले सामाजिक दुरी कायम गराउन र क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन निर्णय गरिएको छ। त्यसैगरि क्वारेन्टाइन एरियामा निःशुल्क ईन्टरनेटका लागि सेवा प्रदायकलाई अनुरोध गर्ने, नेपाली सेनाको नेतृत्वमा र्‍यापिड एक्सन टिम बनाउने र एम्बुलेन्सहरुलाई तयारी हातलमा राख्ने लगायतका निर्णय गरिएको छ।

देशमा कोरोना संक्रमणको दोस्रो चरणले प्रवेश गरेको अवस्थामा जिल्लामा सो अवस्था आउन नदिन र आयो भने पनि तेस्रो चरण पुग्न नदिनका लागि बिभिन्न रणनितिहरु अपनाउने छलफल गरिएको थियो। जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्वास्यकर्मी, पत्रकार समेतको उपस्थितीमा सम्पन्न छलफलबाट बिभिन्न निणर्यहरु गरिएका हुन्।

सोहि अवसरमा जिल्लामा रहेका अति बिपन्नलाई पहिचान गरि तत्काल राहत दिनेबारेमा समेत छलफल गरिएको थियो। जिल्लाका केहि स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन् भने केहिले केहि दिनमै राहत वितरण सुरु गर्ने जनाएका छन्।

यस्तो छ रोल्पाको अवस्था
जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार रोल्पामा ९ हजार ७ सय २४ जनालाई चेकजाँच गरिएको छ। त्यसैगरि जिल्ला भरमा क्वारेन्टाइन बेड संख्या ५ सय ७० रहेको छ भने २ सय ८ पुरुष र २८ महिला गरि २ सय ३६ जना क्वारेन्टाइनमा छन्। ति सबैलाई स्थानीय सरकारले खाने बस्नेको व्यवस्था गरेको छ।

जिल्लामा आइसोलेसनका लागि बेड संख्या २३ छ जसमा महिला १ र पुरुष ३ गरि ४ जना आइसोलेसनमा छन्। चार जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
 

 

 

प्रकाशित: २४ चैत्र २०७६ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App