८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं- राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको शीर्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हाे।

गभर्नरमा नियुक्त भएका अधिकारी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पनि हुन्। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले गभर्नरका लागि बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालाई सिफारिस गरेको थियो। आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई नियुक्त गरेको हो।

 

प्रकाशित: २४ चैत्र २०७६ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App