४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

किसानले उत्पादन गरेको तरकारी लिन आलोपालो प्रणाली लागू

रसुवा- रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा तरकारी संकलनका लागि आलोपालो प्रणाली लागू गरिएको छ। जीवजीवेमा रहेको तरकारी संकलन केन्द्रले आलोपालो प्रणाली लागू गरेको हो।

लकडाउनका कारण तरकारीको खपत घटेपछि पालैपालो तरकारी लिन थालिएको सञ्चालक खिलनाथ पौडेलले बताए। लकडाउनको समयमा तरकारी खपत अत्यन्तै न्यून भएको उनको भनाइ छ।

‘केही समयअघि आएको काउली बिक्री हुन नसकेपछि गाइवस्तुलाई खुवाउन प¥यो,’ उनले भने, ‘यसकारण अहिले सम्पर्क गरेर मात्रै तरकारी लिन थालिएको छ।’ लकडाउन भन्दा पहिले केन्द्रले कालिकास्थान, धुन्चे, टिमुरे तथा नुवाकोटको त्रिशूलीसम्म तरकारी लैजाने गरेको थियो।

स्थानीय क्षेत्रमा पनि तरकारी खपत हुने गरेको थियो। जीवजीवे क्षेत्रमा विभिन्न स्थानमाबाट पढ्न आउनेले कोठा लिएर बस्ने हुँदा केही मात्रामा त्यहाँ पनि खपत हुने गरेको थियो। अहिले बाहिरबाट आएर बसेका शिक्षक तथा विद्यार्थी घर फर्किसकेका छन्।

धेरैजसो तरकारी कृषकले बारीमा नै राख्दा सुरक्षित हुने भएकाले माग आएपछि मात्रै कृषकलाई तरकारी मगाउने गरिएको उनले बताए। अहिले यहाँ काउली, बन्दा, साग, मटरकोसा, बकुल्ला लगायतका तरकारी उत्पादन भएको छ। ‘तरकारीको माग जिल्लाको विभिन्न बजारमा हुने गरेको छ’, उनले भने, ‘तर हामीसँग सवारी साधन नहुँदा माग भएको क्षेत्रमा लान सकेका छैनौँ।’

जीवजीवे क्षेत्रमा तरकारीका लागि स्थानीय बजार छैन। किनकी यस स्थानमा आफूले खान भने पनि कृषकले तरकारी खेती गर्दै आएका छन्। यस क्षेत्रमा व्यवसायिक रूपमा तरकारी तथा फलपूmल खेती गर्ने कृषक धेरै छन्।

प्रकाशित: २४ चैत्र २०७६ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App