coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङबाट ३ जनाको स्वाब परीक्षणका लागि पठाउने तयारी

ताप्लेजुङ- जिल्ला अस्पतालको आइसोलेसन कक्षमा रहेका एकसहित तत्काल ताप्लेजुङका ३ जनाको स्वाब टेष्ट गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने भएको छ। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले स्वाब परीक्षणका लागि पहिलो चरणमा ३ जनालाई सूचीमा राखिएको जानकारी दिए।

अस्पतालमा अहिले स्वाब संकलनका लागि २ जना मात्र प्राविधिक रहेका छन्। उनीहरुमार्फत नै स्वाब संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाउने तयारी गरिएको लामाले जानकारी दिए। उच्च ज्वरोका एक जना बिरामी अहिले अस्पतालको आइसोलेसन कक्षमा रहेका छन्। उनीसहित चैत ४ गते कतार एयरवेजबाट फर्किएका एक युवा र भारतबाट फर्किएका १ गरी ३ जनाको स्वाब पहिलो चरणमा परीक्षणका लागि पठाउने तयारी गरिएको छ। अस्पतालको आइसोलेसन कक्षमा रहेका १ बाहेक अन्य २ जना भने होम क्वारेन्टाइनमा रहेका छन्।

 

प्रकाशित: २४ चैत्र २०७६ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App