coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खाद्यान्न पसल चार घण्टा खुल्ने

बैतडी  - जिल्लामा खाद्यान्न लगायत अत्यावश्यक वस्तु र सेवाका पसल दिनमा चार घण्टा सञ्चालन गर्न दिइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी  गर्दै दुई घण्टा बिहान र दुई घण्टा साँझ  खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल सञ्चालन गर्न आदेश दिएका हुन्।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम लकडाउनलाई पूर्ण पालना गराउन आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बिहान ७ बजेदेखि ९ र अपरान्ह ४ बजेदेखि ६ बजे सम्म मात्रै अत्यावश्यक पसलहरु खोल्न पाइने विज्ञप्तीमा उल्लेख गरिएको छ।

यस्तै विभिन्न बहानामा मदिराको बिक्रीवितरण तथा सेवन गर्नेलाई कानुन अनुसार कारबाही गर्ने बताइएको छ। अवैध सीमा वारपार, हिडडुल, मर्निङ वाक, खुल्लाचौर र बाटोघाटोमा हुने अनावश्यक भीडभाडलाई नियन्त्रण गरिने उल्लेख गरिएको छ। अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासनबाट जारी गरिने सबै प्रकारको सवारीपास बन्द गरिएको   आदेशमा उल्लेख गरिएको छ।

यसैगरी लकडाउनको अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई पूर्ण रोक लगाइएको छ। कोरोना भाइरसको जोखिम बढदै गएपछि लकडाउनको पालन गर्न सबैलाई आग्रह गरिएको छ।

 

प्रकाशित: २४ चैत्र २०७६ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App