coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा कानुनमन्त्री भण्डारीद्धारा क्वारेन्टाइन अनुगमन

जुम्ला – खाडी मुलुक तथा भारतबाट आइपुगेका व्यक्तिहरुलाई  निगरानी गर्नका लागि निर्माण गरिएका क्वारेन्टाइनको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अनुगमन गरेका छन्। मन्त्री भण्डारीले जिल्लाको गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमन गरेका हुन्। 

अस्पताल परिचालन तथा समन्वय समितिको बैठक र विपत व्यवस्थापन समितिको बैठकका लागि जुम्ला पुगेका मन्त्री भण्डारीले कोराना भाइरसको संक्रमण हुन नदिनको लागि जिल्लामा भइरहेका क्रियाकलापका बारेमा समेत जानकारी लिएका छन्। कोराना भाइरसको संक्रमण रोक्न सबै निकायाले उच्च सतर्कता अपनाउनको लागि मन्त्री भण्डारीले निर्देशन दिएका छन्। 

मन्त्री भण्डारीले भने, ‘कोराना भाइरसका कारण विश्व संकटमा छ। कोराना भाइरसको संक्रमणबाट नियन्त्रणका लागि जिल्ला बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राखौँ। आफू सुरक्षित बनौं। अरुलाई पनि सचेत गरौं।’

कर्णाली प्रदेश सरकार कोराना बिरुद्धको अभियानमा कडा प्रतिरोधमा उत्रिएको भन्दै सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न कर्णालीबासीलाई आग्रह गरे। अहिले स्थानीय तहले निर्माण गरेका क्वारेन्टवाइन सन्तोषजनक भएको प्रतिक्रिया दिदै मन्त्री भण्डारीले कोराना संक्रमणको रोकथामका लागि सबैको हातेमालो आवश्यक रहेको बताए।  

जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा क्वारेन्टाइन छन्। यहाँका क्वारेन्टाइनमा २ सय ४१ बेड तयार गरिएको छ। 

प्रकाशित: २४ चैत्र २०७६ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App