coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ढोरपाटनमा न्यू डाइमन्डको अग्रता कायमै

काठमाडौं- न्यू डाइमन्ड एकेडेमीले बिहीबार बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १२ औं ढोरपाटन महिला भलिबल लिगमा अग्रता कायम राखेको छ।

छैटौं खेलसम्म अपराजित रहने क्रममा न्यू डाइमन्डले बिहीबार आर्मीमाथि २५–६, २५–४, २५–१५ को सहज नतिजा निकाल्दै १८ अंक जोड्न सफल भयो।

बिहीबारै सम्पन्न अन्य खेलमा नेपाल पुलिस क्लब र भारतीय खेलाडीको बाहुल्य रहेको रिड मोडल कलेजले पनि सफलता हात पारेका छन्। ४ खेलसम्म अपराजित रहेको एपिएफलाई भारतका प्रभावशाली खेलाडी सम्मिलित स्वयम्भू ठूलो भर्‍याङस्थित रिड मोडल कलेजले ३–१ को सेटमा हरायो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा रिड मोडल २५–१८, २२–२५, २५–२२, २७–२५ ले विजयी भयो। त्यसैगरी नेपाल पुलिसले विजेश्वरी ज्ञान मन्दिर स्कुललाई २५–६, २५–४, २५–७ को सोझो सेटमा पराजित गर्‍यो। जितसँगै ७ खेलबाट पुलिस १५ अंक जोड्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ।

प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलेको सशस्त्र प्रहरीको एपिएफ क्लब ४ खेलमा जित र १ मा हारसँगै १२ अंक जोड्दै लिगको तेस्रो स्थानमा झरेको छ। चौथो स्थानमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ४ खेलबाट ९ अंक जोड्न सफल भएको छ भने नेपाल आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले ६ खेलबाट ८ अंक जोडेको छ भने रामेछापको चन्डेश्वरी युवा क्लबले ७ खेलबाट ७ अंक जोडेको छ। विजेश्वरी ज्ञान मन्दिर र न्यू डाइमन्ड स्पोर्ट्स क्लबले खाता खोल्न सकेका छैनन्। भोलि बिहान हुने खेलमा विजयी हुने टोलीले पहिलो अंक हासिल गर्नेछन्। दुवै टोली पहिलो लिगबाटै बाहिरिने निश्चित भएको छ।

बिहीबार भएको पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले रामेछापको चन्डेश्वरी युवा क्लबलाई ३–० को सेटमा पराजित गरेको छ। पश्चिमाञ्चलले चन्डेश्वरीलाई २५–१३, २५–१२ र २५–१५ ले पराजित गर्‍यो भने दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गरेको छ। पश्चिमाञ्चल २५–९, २५–१३ र २५–६ को स्कोरले विजयी भयो।

प्रकाशित: २९ पुस २०७३ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App