८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रसुवामा कोरोना रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक भन्दा न्यून सामग्री

रसुवा- विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि रसुवामा आवश्यक पर्ने भन्दा न्यून सामग्री रहेको देखिएको छ। वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा न्यून सामग्री मौज्दात रहेको छ।

जिल्लामा हालसम्म पीपीई १ सय २, सर्जिकल ग्रोन १ सय २४, सर्जिकल मास्क ९ हजार २ सय ५०, सेनिटाइजर २ सय ५५, एन–९५ मास्क १ सय ४४, ग्लोब्स ४ हजार १ सय ६०, इन्फ्रारेड थर्मामिटर ७ वटा खरिद गरिएको छ।

खरिद गरिएकोमध्ये पीपीई ७३, सर्जिकल ग्रोन १ सय १९, सर्जिकल मास्क ५ हजार ५ सय १०, सेनिटाइजर ५९, एन–९५ मास्क ८५, ग्लोब्स २ हजार ५ सय ७०, इन्फ्रारेड थर्मामिटर ३ वटा बाँकी छ।

मन्त्रालयका अनुसार यो जिल्लामा पीपीई १ हजार १०, सर्जिकल ग्रोन ८ सय ९३, सर्जिकल मास्क १० हजार ५ सय, सेनिटाइजर १ हजार ८०, एन–९५ मास्क ९ सय ६०, ग्लोब्स ८ हजार १ सय र इन्फ्रारेड थर्मामिटर ८४ वटा थप गर्नुपर्ने छ।

जिल्लामा भएका सामग्री पनि सबै स्वास्थ्य संस्थामा पुर्‍याइएको छैन। स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठका अनुसार आइतबार जिल्लाको कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकामा सामग्री पठाइएको छ। ‘चीनले दिएको सामग्री पनि हामीले पठाउने तयारी गरेका छौं’, उनले भने, ‘केही सामग्री गाउँपालिकाले पनि खरिद गरेका छन्।’ अपुग सामग्री ल्याउने क्रम जारी रहेको उनको भनाइ छ।

जिल्लामा आवश्यक पर्ने स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र गाउँपालिकाहरूले खरिद गरेका छन्।

 

प्रकाशित: २४ चैत्र २०७६ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App