८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

विधुत र खानेपानीको महशुलसहित एक महिनाको घरभाडा छुट

डोल्पा – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका मनकारी घरधनीहरुले आफ्नो घरमा भाडाबस्दै आएका मानिसहरुलाई लकडाउन अवधीभरको घरभाडामा छुट दिने निर्णय गरेका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश पुर्ण लडकाउनमा रहेको र घरमा बस्ने मानिसहरुलाई दैनिकी गुजार्न समस्या परिरहेको बताउदै मानवीय सद्भाव जगाउनको लागि लकडाउन अवधीभर एक महिनाको घरभाडा छुट दिने बताएका हुन्।

कोरोना विरुद्दको महाअभियानमा साथ दिदै र एक्यवद्दता जनाउदै त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले त्रिपुरासुन्दरी नगरपालिका–१ बगरस्थित ४ कोठे भवन र ठुलीभेरीनगरपालिका ३ दुनैबजारमा रहेको १५ कोठे घरमा बस्दै आएका मानिसहरुलाई चैत महिनाको घरभाडा छुट दिने घोषणा गरेकी हुन्। यसैगरि ठुलीभेरी नगरपालिका ६ दुरगाउँ निवासी रनबहादुर कार्कीले पनि कीर्तिपुर नगरपालिका– ७ मा रहेको १३ कोठाको भवनमा बस्दै आएकाहरुलाई बत्ती र विजुली महशुल सहित चैत महिनाको भाडा छुट दिने घोषणा गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका ओमबहादुर शाहीले पनि बगरमा रहेको १० कोठे दुई तले भवनमा बस्ने मानिसहरुलाई चैत महिनाको घरभाडा छुट दिने सार्वजनिक सुचना जारि गरि प्रतिबद्दता जनाएका छन्। डोल्पा जिल्लामा घरभाडा छुट दिने मनकारी घरधनीहरुमा उपमेयर बुढा कार्किी र शाही पहिला घरधनी हुन्। रनबहादुर कार्कीले विश्व संकटमा गुज्रिरहेकाले सबैले आ–आफ्नो तर्फबाट मानवीय सेवा भाव जागृत गर्ने काम गर्नु पर्ने बताए।
 

प्रकाशित: २४ चैत्र २०७६ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App