८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले सत प्रतिशत भत्ता दिने

ताप्लेजुङ- कोरोना सन्त्रासका बीच पनि यसका विरुद्ध काममा खटिने अग्रभागका स्वास्थ्यकर्मीलाई ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले तलव बराबर नै प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

काममा खटिएका स्वास्थ्यकर्मीका सहयोगी कार्यकतालाई भने तलवको ७५ प्रतिशत प्रोत्साहन भत्ता दिईने छ। गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वोले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट खर्च गर्नेगरी यो प्रोत्साहन रकम दिने निर्णय भएको जानकारी दिए।

गाउँपालिकाका जनप्रतिनिधिको १ महिनाको तलव बराबर ३ लाख ७८ हजार २०० रुपैयाँ, बिपद् व्यवस्थापन कोषको ७ लाख र आकस्मिक कोषको ५ लाख गरी गाउँपालिकाले कूल १५ लाख ७८ हजार २०० रुपैयाँको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष खडा भएको छ। यहिँ कोषको रकम खर्च गरेर प्रोत्साहन रकम दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो।

कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष मेन्याङ्वोको संयोजकत्वमा ७ सदस्यीय अग्रदस्ता निर्माण गरेको छ। अग्रदस्ताले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कार्य योजना बनाई काम गर्ने जिम्मेवारी पाएको छ। लकडाउन भएका कारण गाउँपालिकाले गाउँपालिका प्रबेश गर्ने पुल तथा नाकाहरुमा हेरालु समेत नियुक्त गरेको छ। यसअघि पुल रुघाँलुको रुपमा काम गर्दै गरेकाहरुलाई गाउँपालिकाले यो जिम्मेवारी समेत थप गरेको अध्यक्ष मेन्याङ्वोले जानकारी दिए।

प्रकाशित: २४ चैत्र २०७६ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App