८ वैशाख २०८१ शनिबार
समाज

स्काभेटर दुर्घटनाका मृतकको शव फुङ्लिङ ल्याईदैं

ताप्लेजुङ- उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक खण्ड अन्र्तगत ताप्लेजुङको ललेपमा आइतबार अपरान्ह भएको स्काभेटर दुर्घटनामा परी मृत्यु भएका चालकको शव पुरिएको अवस्थाबाट निकाली पोष्टमार्टमका लागि फुङ्लिङ ल्याईदैं छ।

सडक खन्दै गर्दा माथिबाट झरेको सुख्खा पहिरोले लागेर स्काभेटर पल्टदाँ चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ३ का २७ वर्षिय चित्रकुमार गुरुङको मृत्यु भएको थियो। लकडाउनका कारण केहिदिन रोकिएर आइतबारबाटै सुरु भएको सडकको ट्र्याक ओपन गर्ने कार्य सुरु गर्दैगर्दा सुख्खा पहिरोले लागेर स्काभेटर दुर्घटनामा परेको थियो। चालक गुरुङलाई पुरिएको अवस्थामा स्थानीयले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए। स्काभेटर भने नजिकैको फेदीखोला नजिक पुगेको छ।

उत्तर–दक्षिण सडक अन्र्तगत लेलेपबाट गोला जोड्ने गरी एबिए एलाईट निर्माण कम्पनीले त्यहाँ काम गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलले प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काको नेतृत्वमा गएको टोलीले शव सदरमुकाम फुङ्लिङतर्फ ल्याउँदै गरेको र पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको जानकारी दिए। घटनापछि मृतक गुरुङका आफन्तजन चितवनबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्रहरीले बताएको छ।

प्रकाशित: २४ चैत्र २०७६ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App