coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषध गाँजासहित दुई पक्राउ

उदयपुर- लकडाउनको मौका छोपी लागुऔषध जाँगा व्यापार गर्ने दुई जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ विशेष सुराकीको आधारमा उदयपुर एक र सप्तरीका एक जनालाई गाँजासहित पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका ७ कोल्टेस्थित एक घरमा गाँजा किनबेच भईरहेको खवर आएसँग खटेको टोलीले उदयपुरगढी ७ कै ६८ वर्षीय नारायणप्रसाद हुमागाई र सप्तरीको सुरुङ्गा नगरपालिका ७ का १९ वर्षीय राधेश्याम भन्ने किशोर लभरिया पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १ किलो ६ सयग्राम गाँजा र स १० प ९०१६ नं. को मोटरसाइकल बरामद भएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। दुवैलाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको एसपी मगरले बताएका छन्।

प्रकाशित: २४ चैत्र २०७६ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App