७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन तयार

काठमाडौं – महानगरपालिका वडा नम्बर– ४ मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ। नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमती स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो। जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ ।
क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ।

‘अहिलेलाई २४ बेडको भए पनि आवश्यक परेमा १ सय जनासम्म राख्न सक्न्छि,’ प्रदेश सांसद नारायण सिलवालले भने,’ क्वारेन्टाइनमा डाक्टर र एम्बुलेन्ससहितको टोली राखिएको छ ।’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोगथामका लागि क्वारेन्टाइन बनाइएको उनले बताए। ‘कोरोना भाइरसको आशंका भएका व्यक्तिलाई सुरुमा उसको हिस्ट्री तयार पार्ने , अनि क्वारेन्टाइन वा आइसोलेसनमा राखेर परीक्षण गर्ने र आवश्यक परे अस्पताल लैजाने व्यवस्था गरिएको छ,’ सांसद सिलवालले भने।
क्वारेन्टाइनका लागि बागमती स्कुलका प्रिन्सिपल सुरेन्द्र सिटौलाले ठाउँ उपलब्ध गराएका हुन्। क्वारेन्टाइनका लागि आवश्यक सहयोग गर्ने वडाअध्यक्ष मोहन विष्टले बताए।

१ हजार ९ सयलाई राहत वितरण

लकडाउनका कारण दैनिक गुजरा चलाउन समस्यामा परेका मजदुरलाई वडा नम्बर ४ ले राहत वितरण पनि गरेको छ।ज्यालामा काम गर्ने मजदुरका लागि राहत वितरण गरिएको वडाअध्यक्ष विष्टले बताए। प्रदेश सांसद शिलावाले संयोजनमा १ हजार ९ सयलाई राहत वितरण गरिएको हो। महानगरपालिकाले पनि ३२ वटै वडामा राहत सामग्री वितरण गरिरहेका छन्।

प्रकाशित: २४ चैत्र २०७६ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App