४ वैशाख २०८१ मंगलबार
राजनीति

कोरोनाविरुद्धको लडाईमा निजी क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च : स्वास्थ्यमन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोनाविरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताएका छन्। अफ्ठ्यारो समयमा सरकारी र निजी क्षेत्र नभनि एकतावद्ध भएर अगाडी बढ्न निजी क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताए।

नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री ढकालले प्राप्त साम्ग्री तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने उल्लेख गर्दै यसले स्वास्थ्य क्षेत्रमा कमा गरिरहेका व्यक्तिहरुको मनोबलमाथि उठाउन सहयोग पुर्‍याउने बताए। फाउण्डेशनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेको हो। थ्री एम एन ९५ मास्क २ हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान र मेडिकल कम्प्लिट सेट १ हजार थान उपलब्ध गराएको हो।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेशनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। अस्पतालले चैत मसान्तसम्म सबै विरामीलाई उपचारमा २० प्रतिशत छुट दिने जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७६ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App