७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटको जंगलमा दोहोरो फायरिङ

रौतहट – लकडाउनको समयमा रौतहटको वनमा काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी बढेको छ। लकडाउनको अवधिमा एक सय क्वुफिटभन्दा बढी काठ बरामद भएको छ, भने आइतबार राति वन क्षेत्रमा दोहोरो फायरिङ भएको छ। रौतहटको वनमा तस्कर र वन सुरक्षा गस्ती टोलीबीच दोहोरो फायरिङ भएको हो।

आइतबार दिउँसो रौतहटको गुजरा नगरपालिका– २ स्थित अन्जुमन सामुदायिक वन क्षेत्रभित्र फाइरिङ भएको आवाज वन क्षेत्रबाहिर स्थानीय तथा सेक्टर वन कार्यालय चोचाका कर्मचारी समेतले सुनेका थिए। लगत्तै गस्तीमा निस्केको वन सुरक्षा टोलीसित आइतबार अबेर साँझ जम्काभेट भएको थियो । वन सुरक्षा गस्ती टोलीलाई देखेपछि तस्करहरुले फाइरिङ गरेका थिए। वन सुरक्षा टोलीले पनि फायरिङ गरेपछि तस्करहरु अँध्यारोको फाइदा उठाउँदै भाग्न सफल भएका थिए।

दोहोरो हानाहानमा वन सुरक्षा गस्ती टोलीको तर्फबाट तीन र तस्करहरुको समूहबाट दुई फायरिङ भएको सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेश कुमार साहले बताएका छन्। भागेको तस्कर समूहले वनमै छोडेको एक थान भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको छ। दोहोरो गोली हानाहान भए पनि वन सुरक्षा गस्ती टोलीतर्फ कुनै क्षति नभएको सेक्टर वन कार्यालय चोंचाका अधिकृत साहले बताए।

लकडाउनको फाइदा उठाउँदै रौतहटको वनमा काठ तस्कर तथा वन्यजन्तु चोरी शिकार गर्ने तस्करहरु सक्रिय भएका छन्। सम्बन्धित निकाय सक्रिय रहेको भए पनि तस्करहरु वन क्षेत्रबाट काठ तस्करी र वन्यजन्तुको शिकार गर्न सफल भइरहेको बुझिएको छ। 

प्रकाशित: २४ चैत्र २०७६ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App