coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नगरपालिकाले दियो स्वास्थ्यकर्मीलाई पिपिई सेट

अर्खौलेमा पिपिई सेट पहिरिएका स्वास्थ्यकर्मीसँग हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई ।

खोटाङ – जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) वितरण गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणकाक्रममा खटिएका ११ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आफैले खरिद गरेको पिपिई वितरण गरेको हो। 

मेयर इवन राई र उपमेयर बिमला राईको छुट्टा–छुट्टै टोलीले हरेक स्वास्थ्यचौकी र शहरी स्वास्थ्य केन्द्रलाई सम्वन्धित ठाउँमा पुगेर २/२ सेट पिपिई, बाल्टिन, बाटा, ग्राउण्ड, गम्बुट लगायतका व्यक्तीगत सुरक्षा तथा सरसफाईका सामग्री प्रदान गरेका हुन्। ११ वडा रहेको नगरपालिकाले हरेक स्वास्थ्यकर्मीलाई मास्क, ग्लोव्स, साबुन, तौली लगायतका सामग्री पनि प्रदान गरेको छ। कोरोना भाइरसबाट ‘बच्न र बचाउन’का लागि नगरपालिकाले करिब ६ लाख बराबरको पिपिई सेट लगायतका स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामग्री खरिद गरेर ल्याएको जनाएको छ। 
 

प्रकाशित: २४ चैत्र २०७६ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App