७ वैशाख २०८१ शुक्रबार
समाज

रक्तस्रावले गर्भवती महिलाको मृत्यु

फाइल तस्बिर : नागरिक

अर्घाखाँची - सन्धिखर्क नगरपालिकामा अत्यधिक रक्तस्रावका कारण गर्भवती महिलाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–९, पाथ्रावाङ्ग निवासी २९ बर्षिय देवी बिकको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो। आठ महिनाकी गर्भवती बिकको रक्तस्राब भएपछी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय बसन्त कुमार बिकले बताए। आईतवार एक्कासी रक्तस्राव भएको र छिमेकिहरु जम्मा भएर गाडि बोलाई तत्काल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

अर्घाखाँची अस्पतालका डाक्टर कपिल गौतमका अनुसार पोस्टमार्टम गर्दा पाठेघरमा समस्या देखिएको र त्यही समस्याका कारण अत्याधिक रक्तस्राव भएको हो। समयमै अस्पताल नपुर्‍याउँदा उनको ज्यान गएको गौतमकाे भनाई छ। मृतक बिकको ५ जनाको परिवार थियो। उनका श्रीमान रोजगारिका लागि भारतमा छन्। तीन वटी छोरि र आफु घरमा बस्दै आएका थिए। कान्छि छोरी र अहिलेको गर्भावस्थामा रहेको बच्चा बिचको गर्भान्तर जम्मा १० महिनाको रहेको थियो।

प्रकाशित: २४ चैत्र २०७६ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App