coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अनिलको दुई गोलले मनाङमर्स्याङदी फाइनलमा

धनगढी- धनगढी क्षेत्रीय रंगशालामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा भारतको दिल्ली युनाइटेड क्लबलाई ३–१ गोल अन्तरले हराउँदै लक्ष्मी हुन्डाई मनाङमर्स्याङदी फाइनलमा प्रवेश गरेको छ।

खेल सुरु भएको दुई मिनेटमा दिल्ली युनाइटेडका थोपीले गोल गरेपछि दबाबमा परेको मनाङले ७ मिनेटमै गोल फर्काउँदै बराबरी गर्‍यो। मनाङका कप्तान अनिल गुरुङले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

४४ औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले हफिजले गोल गरेर मनाङलाई २–१ को अग्रता दिलाए।

मनाङका अनिलले ८९ औं मिनेटमा ओलावालेको पासमा दोस्रो गोल गरेपछि खेल मनाङले जित्यो। म्यान अफ दि म्याच घोषित अनिलले नगद ५ हजार रुपैयाँ हात पारे।

खेलाडीले तालमेल मिलाउन नपाउँदै पहिलो गोल खाएको मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले बताए। धेरै गोल गर्ने आफ्नो रणनीति दिल्लीका गोलरक्षक सन्जु थापाको उत्कृष्ट प्रदर्शनले असफल पारेको पनि उनले भने।

नेपाली राष्ट्रिय फुटबल टोलीका समेत कप्तान रहेका अनिलले खेलको सुरुमै गोल खाँदा केही दबाब परेको बताए। उनले भने, 'अब फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्न हामी केन्द्रीत हुनेछौं।'

दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले गोलका केही अवसर गुमाउँदा र विपक्षीले उत्कृष्ट खेल खेल्दा फाइनल पुग्न नसकेको बताए।

दिल्लीका कप्तान डन लोप्चाले भने, 'टोलीले उत्कृष्ट खेले पनि जित्न सकिएन।'

शुक्रबार दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११ र राजधानीको संकटा क्लब प्रतिस्पर्धा गर्नेछन्। गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ नगद पाउने छन्। माघ १ सम्म हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीले यमाहा मोटरसाइकल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम स्पोटर््स क्लबले जनाएको छ।

प्रकाशित: २९ पुस २०७३ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App