coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

फाइल तस्बिर : नागरिक

डोटी - डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृत्यु भएको छ।

जोरायल गाउँपालिका–४ देउथलाकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। उनको मृत्यु ‘हत्या’ वा ‘आत्महत्या’ के हो ? भन्ने अझै खुलेको छैन्। यद्यपी प्रहरीले आशंकाका आधारमा उनका श्रीमान २२ वर्षीय खडक वनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले आफुले हत्या नगरेको प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ। मृतक अनिताको वायाँतर्फ छातीमा गोली लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले जानकारी दिए।

उनले भने,‘गोली लागेर मृत्यु जरुर भएको छ। तर, हत्या वा आत्महत्या के हो ? अनुसन्धानपछि मात्रै थाहा हुन्छ।’ प्रहरीले मृतक अनिताको शव भेटिएको घरको माथिल्लो तलामा रहेका दुई कोठा रहेको र भित्रपट्टीको कोठामा घटना भएको जनाएको छ। सोही कोठाको कुनामा भरूवा बन्दुक फेला परेको प्रहरी उपरीक्षक देउवाले बताए। मृतकका श्रीमान् खडकले आफु घरको तल्लोतलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जनाएको छ।

मृत्युमा प्रयोग भएको भरूवा बन्दुक पनि अवैध रहेको प्रहरीले जनाएको छ। घटनाबारे आफु स्थलगत रुपमै गएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक देउवाले बताए। डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारिक श्रोतले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७६ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App