८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

लकडाउनमा पनि गाउँघर दशैं– तिहार जस्तै भिडभाड

कुशेगाउँपालिका वडा नम्वर ५ सादीविसाउनमा  भलिवल खेल्दै गाउँका विद्यार्थीहरु।  तस्वीर –जनक केसी / नागरिक

जाजरकोट – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले  लकडाउन अर्थात् घरमै रहन गरेको आव्हनलाई सदरमुकाम र केहि बजार क्षेत्रमा पालना गरिएको भएपनि जिल्लाका ग्रामीण भेगमा भने उल्लंघन गरिएको पाइएको छ। जिल्ला सदरमुकाममा  सुरक्षाकर्मी र सरोकारवालाहरुले प्रत्यक्ष रुपमा  हस्तक्षेप गरेका कारण अधिकांश सर्वसाधारणहरु घरमै बसेको, अनावश्यक बाहिर घुमफिर गरेको नपाइएपनि गाउँमा भने स्थानीयहरू खुलेआम हुल गरेर हिडिरहेका छन्।

लकडाउनको समयलाई उनीहरुले  दशैं तिहारको विदा जस्तै मानेका छन्। जिल्लाका  ग्रामीण भेगहरुमाा सुरक्षाकर्मी, स्थानीय सरकार र स्वास्थ्यकर्मीहरुले गरेको आग्रहलाई अटेर गर्दै स्थानीयहरुले हुलहुज्जत गर्ने, भेला हुने, अनावस्यक रुपमा हिडडुल गर्ने लगायतका क्रियाकलाप गरेका छन्। भौगोलिक विकता र जनचेतना अभावका कारणले  सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न सर्वसाधारणहरुले वारम्वार अटेरी गरिरहेको पाइएको हो।  जिल्लामा  विभिन्न जिल्लाहरु तथा  छिमेकी मुलुक भारत लगाएत तेस्रो मुलुकहरुवाट भित्रिनेहरु अधिकांश गाउँमै गएको  भएपनि  गाउँमा  सर्वसाधारणहरुले सतर्कता अपनाएको देखिदैन।  

गाउँमा सर्वसाधारणको चहलपहल र  हुल नियन्त्रण नहँुदा  कोरोनाको सम्भावित संक्रमणको समस्या बढ्न सक्ने सम्भावना रहेको सरोकारवालाहरु बताउँछन्। लकडाउनका कारण सरकारी कार्यालय तथा विद्यालय क्याम्पसहरु बिदा  भएपछि यसलाइ  स्थानीयहरुले  विपत भन्दा पनि चाडपर्वको  विदाको रुपमा लिएको पाइएको  छ।  अहिले जिल्लाका ग्रामीण भेगहरुमा  युवाहरु जम्मा भएर  विभिन्न खेलखेल्ने, हुल गरेर वस्ने, छलफल गर्ने,  हुल गरेर खोलातिर माछा मार्न जाने,  होटेल पसलहरुमा  जम्मा हुने, सुरक्षाका उपायाहरु नअपनाउने तथा लकडाउनको पालना तर्फ कुनै ध्यान नदिने गरेको पाइएको छ।  विभिन्न सरकारी निकायहरुले गरेको  पटक पटकको आग्रहलाई उनीहरुले ठाडै अस्वीकार गरेको जस्तो देखिएको  छ।  

प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय सरकारहरुले  विभिन्न माध्यमवाट गरेको आग्रह र जनचेतना पैmलाउने कामलाइ सर्वसाधारणहरुले गरेको अवज्ञाका कारण गाउँमा समस्या पर्न सक्ने कुशे ५ दम्दालाकी  सामाजिक अभियन्ता निर्मला थापाले वताइन्। उनले  सरकारले हाम्रै सुरक्षाका लागि  घोषणा गरेको लक डाउनलाइ ख्याल ठटटा मानेर  अवज्ञा गर्नु  गलत भएको वताइन्। गाउँमा प्रहरी र स्थानीय स्वास्थ्यकर्मीहरुले पटक पटक माइकिङ गरेर लक डाउनको पालना गर्न सुझाइरहेको भएपनि सर्वसाधारणहरुले अटेर गर्ने गरेको  उनले वताइन्।  जिल्लाको कुनै पनि भागमा  लकडाउनको उल्लंघन गर्ने र  अनावस्यक हिडडुल गरि संक्रमणको जोखिम वढाउनेलाइ प्रहरी प्रयोग गरेर भएपनि नियन्त्रण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।  

जिल्लाका सबै   प्रहरी इकाइहरु र  सरोकारवालाहरुलाइ लक डाउन उल्लंघन गर्नेलाइ नियन्त्रण गर्न र सम्भावित जोखिमवाट वच्ने उपायाहरुवारे जनचेतना फैलाउन बारम्बार समन्वय गर्ने काम गरिएको  प्रमुख जिल्ला अधिकारी पन्तले बताए।  प्रमुख जिल्ला अधिकारी पन्तले यस्तो भने पनि  गाउँमा सचेत जनताको  स्वनियन्त्रण नभए सम्म लक डाउनको पुर्ण पालना  गर्ने र  कोरोनाको सम्भावित संक्रमण रोक्न समस्या पर्ने देखिएको  छ।  अहिले जिल्लाको छेडाचौर नाकावाट  भारत लगाएतका  देशबाट  आएका २३०  जना कहाँ वसेका छन्? जिल्लाका स्थानीय तह र स्वास्थ्य सस्थाहरुले वनाएका  १३७ वटा क्वारेन्टाइनमा कोहि वसे कि वसेनन्? भन्नेबारे  भने एकिन जानकारी  आएको छैन्।

जिल्ला भरिको लागि काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि  ५३ सेट व्यक्तिगत सुरक्षा  सामग्री पिपिई तथा  जिल्ला अस्पतालसंग ३ वटा र जुनीचाँदे गाउँपालिकासंग भएका ३ वटा आइआर थर्माेमिटरले  कोरोनाको संक्रमण रोक्ने तयारी प्रयाप्त नभएको  सरोकारवालाहरु वताउछन्। शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले  आइआर थर्माेमिटरको अभावले  स्वास्थ्यकर्मीहरु ढुक्क भएर हेल्प डेस्कमा  स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्थामा नभएको बताए। उनले निकै जोखिम मोलेर उनीहरुलाइ काममा लगाएको र उपकरण तथा सामग्री बजारमा  किन्न नपाइने भन्दै कर्णाली प्रदेश सरकारले यसमा  खासै सहयोग नगरेको बताए। सर्वसाधारणहरुको अनुशासन र स्थानीय सरकार तथा अन्य निकायको सतर्कतापुर्ण तयारी भए कोरोनाको सम्भावित संक्रण रोक्न सकिने निश्चित छ। 

प्रकाशित: २४ चैत्र २०७६ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App