८ वैशाख २०८१ शनिबार
समाज

चार जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

रोल्पा - रोल्पाबाट कोरोना परीक्षणका लागि पठाइएका ४ वटै स्वाव रिर्पोट नेगेटिभ आएको छ । भारतबाट आएका ३ र ईट्टाभट्टाबाट आएका १ जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि चिकित्सकको सल्लाहमा शनिवार स्वाव परीक्षणका लागि पठाइएको थियो ।

रोल्पा अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिँदै आएका दुई र होम क्वारेन्टाइनमा रहेका सुनिल स्मृति गाउँपालिका १ घोडागाउँका दुईजनाको स्वाबको नमूना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको अस्पतालका डा. प्रकाश बुढाले बताए ।

भारतबाट चैत्र १० गते फर्किएका घोडागाउँका २८ वर्षीय बाबु र पाँच वर्षीय छोरीको घरमै गई स्वाब लिएर जाँचका लागि पठाइएको थियो । सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. प्रकृति भट्टराईका अनुसार बाबुछोरीकै रिपोर्ट नेगेटिभ आएको छ । 

प्रकाशित: २४ चैत्र २०७६ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App