८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

क्वारेन्टाइनमा बसेकालाई म्याग्दीमा प्रशंसापत्र दिएर बिदाइ गरियो

रघुगंगा गाउँपालिकाको वडा नं १ बेगखोलामा आयोजित सम्मान कार्यक्रम । तस्वीर नागरिक

म्याग्दी – कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न निकै मुस्किल भयो। वैदेशिक रोजगारबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनका बस्नुपर्ने नियम बनाइएपनि विदेशबाट फर्किएकाले केहीदिन अटेरी समेत गरे। पटक–पटक क्वारेन्टाइनमा बस्न सूचना जारी नै गर्नुपरेको अवस्थामा म्याग्दीको एक स्थानीय तहले तोकिएको समयअवधिसम्म क्वारेन्टाइनमा बसेर घर फर्किनेलाई प्रशंसापत्र दिँदै विदाइको नौलो सुरुवात गरेको छ।

जिल्लाको रघुगंगा गाउँपालिकाले स्वदेश तथा विदेशबाट गाउँमा प्रवेश गरेकालाई क्वारेन्टाइनबाट विदाई गर्ने बेलामा सम्मानपत्र सहित कोरोना बिरुद्धको अभियानमा सहभागी हुन अनुरोध गरेको छ।  गाउँपालिकाको वडा नं १ बेगखोलामा आयोजित विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले विश्वलाई नै अस्तब्यस्त बनाउने रोग बिरुद्धको जनचेतनामुलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेका थिए। 

‘यो सम्मान तपाईले क्वारेन्टाइनमा बसेको प्रमाण मात्रै होईन्,‘कोरोना भाइरस बिरुद्ध लड्न सघाउने हतियार पनि हो’ अध्यक्ष भण्डारीले भने। बेग देउराली सामुदायिक भवनमा आयेजित विदेशबाट फर्किएको दुई हप्ता पुरा भएका १० जनालाई विदाई कार्यक्रमको अवसरमा क्वारेन्टाइनमा बसेकाले सुरुवातमा के गर्ने, कसो गर्ने उकुसमुकुस भएपनि फर्किने बेलामा प्राप्त सम्मानले उत्साहित भएको बताएका थिए। ‘हामीले गाउँपालिकाको अभियानमा साथ दिन्छौ,‘यहाँ सिकेको जानकारीलाई परिवार र समुदायमा सिकाउँछौ’ एक सहभागीको भनाई उद्धित गदैं स्थानीय पत्रकार दलप्रसाद तिलिजाले बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि,  विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। स्वास्थ्य चौकीकी अनमी राजकुमारी गर्बुजाले घरमा गएर समेत १४ दिन सुरक्षित बस्न अनुरोध गर्नुभएको थियो।  गाउँपालिका भित्र विभिन्न वडामा १९ जना क्वारेन्टाइनमा बसेका थिए।  

 

प्रकाशित: २४ चैत्र २०७६ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App