coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सिन्धुलीमा ६ जनाको कोरोना परीक्षण, सबैको रिर्पोट निगेटिभ

जिल्ला अस्पताल सिन्धुली । तस्विर अनिल भण्डारी ,नागरिक

सिन्धुली – जिल्ला अस्पताल सिन्धुलीबाट हालसम्म ६ जनाको कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिएको छ। परीक्षण  गरिएका सबैको रिर्पोट निगेटिभ आएको जिल्ला अस्पताल सिन्धुलीका प्रवक्ता डा.प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिए। 

सिन्धुली अस्पतालको आइसोलेसनमा पछिल्लो समय भर्ना भएका पुरुषमा कोरोना भाइरस (कोभिड–१९) नभएको पुष्टी भएसँगै सिन्धुलीका ६ जनामै कोरोना नभएको पुष्टी  भएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ। पछिल्लो समय भारतको उत्तराखण्डबाट मजदुरी गरेर फर्किएका कमलामाई नगरपालिका – ५ घर भएका २६ वर्षीय एक पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ देखिएसँगै ६ जनाको परिक्षण गरिएकोमा सबैको निगेटिभ आएको अस्पतालका प्रवक्ता राजभण्डारीले जानकारी दिए।

भारतको उत्तराखण्डबाट मजदुरी गरेर फर्किएका उनलाई ज्वरो आएपछि शनिबार सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। ‘त्यसलगत्तै कोरोना भाइरसको आंशकामा उनको स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो। आइतबार राति आएकोे रिपोर्टमा कोरोना नभएको पुष्टी भएको अस्पतालले जनाएको छ। अस्पतालको आइसोलेसनमा विरामी भर्ना भएको खबर आउने वित्तिकै स्थानीय त्रसित बन्ने गरेका छन्। यद्यपी  हालसम्म परिक्षण भएका सबैको रिर्पोट कोरोना नभएको पुष्टी भएर आएको छ। काठमाडौंबाट दैनिक मजदुरहरु पैदलयात्रा गरेरै सिन्धुलीको बाटो हुदै गन्तव्यतर्फ जाने भएकाले पनि सिन्धुली जोखिममा रहेको स्थानीय बताउँछन्।

यसअघि परीक्षण भएका चार जना भारत सहित अन्य मुलुकबाट मजदुरी गरेर केहि साता अगाडीमात्रै नेपाल आएका व्यक्तिहरुको परिक्षण भएको थियो भने एक जना विदेश नगएका बृद्धको परिक्षण भएको अस्पताका प्रवक्ता भण्डारीले जानकारी दिए। परीक्षण गरिएका सबैलाई उच्च ज्वरो आएर कोरोना आशङखा भएसँगै उनिहरुको स्वाब परिक्षण गरिएको हो। परीक्षण  गरिएका सबैको कोरोना भाइरस नभएको अस्पतालले जनाएको छ।  

सिन्धुलीमा ३३ आइसोलेसन २ सय १० क्वारेन्टाइन

सिन्धुलीमा हालसम्म ३३ वटा आइसोलेसन र २ सय १० वटा क्वारेन्टाईन तयार भएको छ। जिल्लाभर हालसम्म ३३ आइसोलेसन र २ सय १० ओटा क्वारेन्टाइन बेड तयार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार दुई नगरपालिकार सात गाँउपालिका रहेको सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमणलाई मध्यनजर गरेर कमलामाई नगरपालिका र सिन्धुली अस्पतालको व्यवस्थापनमा १४ वेड, तिनपाटन गाउँपालिकामा ८, दुधौली नगरपालिकामा ३, गोलन्जोर, सुनकोसी, फिक्कल र मरिण गाउँपालिकामा २/२ बेडगरी ३३ वेडको आइसोलेसन वार्ड तयार भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।

यस्तै कमलामाई नगरपालिकामा नेपाली सेनाको बर्द बहादुर गण, नगर र रेडक्रस सिन्धुलीको संयुक्त पहलमा ५० बेड दुधौली नगरपालिकामा नगरपालिकाले ३९ बेड, गोलन्जोर गाउँपालिका र तिनपाटन गाउँपालिकामा २०/२० बेडको क्वारेन्टाइन बनाइएको प्रजिअ पाण्डेले बताए। यसैगरि जिल्लाको घ्याङलेख र सुनकोसी गाउँपालिकामा २४/२४ बेडको गरी ४८ बेडको, हरिहरपुरगढी गाउँपालिकामा १७, फिक्कल गाउँपालिकामा ८ र मरिण गाउँपालिकामा ८ वटा गरी जम्मा २ सय १० वटा क्वारेन्टाईन तयार पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: २४ चैत्र २०७६ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App