७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

बाघमा पनि देखियो कोरोना भाइरस

काठमाडौं- अमेरिकामा बाघमा पनि कोरोना संक्रमण देखिएको छ। बीबीसीका अनुसार  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई संक्रमण देखिएको हो।

चार वर्षकी उक्त बघिनी विरामी परेपछि परीक्षण गर्दा कोरोना देखिएको  

आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ। उक्त बघिनी सहित अन्य तीन बाघ समेत विरामी परेका छन्।

ति बाघमा खानेकुराको अरुची देखिएको चिडियाखानाले जनाएको छ। कोरोना देखिए पनि स्वास्थ्य जटिल नभएको बताइएको छ।

चिडियाखानाका अनुसार बाघको स्याहारमा खटिएका तर कोरोनाको लक्षण नदेखिए पनि संक्रमण भएका एक व्यक्तिबाट बाघमा संक्रमण सरेको हो। विरामी बाघलाई छुट्टै राखिएको छ।

यो घटनापछि अन्य जनावरलाई सुरक्षित राख्ने प्रयास थालिएको छ। वन्यजीव विशेषज्ञका अनुसार कोरोना संक्रमण बाँदर, गोरिल्ला, चिम्पान्जीमा फैलन सक्ने खतरा छ।

प्रकाशित: २४ चैत्र २०७६ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App