coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भारतबाट फर्केकालाई २१ दिन क्वारेन्टाईनमा बस्न मुख्यमन्त्रीको आग्रह

धनगढी- मुलुकभरीमै सवैभन्दा बढी कोरोनाको संक्रमण देखापरेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आईतवार प्रदेशवासीका नाममा सम्वोधन गर्दै सवैलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्र बस्न आग्रह गरेका छन। उनले भारतबाट फर्केका सवैलाई २१ दिन अनिवार्य क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन। ‘वाहिरी मुलुकबाट आउने दाजुभाई तथा दिदीवहिनीलाई आफन्त, नातेदारहरुको स्वास्थ्यको ख्याल राखी २१ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्न र त्यस्ता व्यक्तीको सम्पर्कमा आएकाले स्वास्थ्य संस्थामा आई जाँच गराउन अपिल गर्दछु’ सम्वोधनमा उनले भनेका छन्।

सीमामा अलपत्र परेकालाई उद्धार गर्न प्रदेश सरकारले संघीय सरकारसँग अनुरोध गरेको पनि उनले बताए। सिमापारी रहेकाहरुलाई छिट्टै नेपाल प्रवेश गराई समस्याको स्थाई रुपमा सम्वोधन गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले बताए।

 विश्वका शक्तिशाली र सम्पन्न मुलुक निरिह भएको कोरोना विरुद्धको लडाई जित्न लकडाउनले असहज भएपनि यसको विकल्प नभएको उनको भनाई छ। ‘यो लकडाउन हाम्रै स्वास्थ्यका लागी, हाम्रै परिवारको स्वास्थ्यका लागी , हाम्रै देशका स्वास्थ्यका लागि हो’ उनले भनेका छन्।

मुख्यमन्त्री भट्टले भारतबाट आएका सवैको टेष्ट गर्न पहल गर्ने पनि बताए। ‘सुदूरपश्चिममा संक्रमितको संख्या बढेसंगै संघीय सरकारले कैलाली र कंचनपुरमा र्यापिड टेस्ट किट प्रयोग गरी संकास्पद व्यक्तीहरुको जाँच गर्नका लागि टोली खटाउने निर्णय गरेकोमा यस प्रदेशका अन्य जिल्लाहरुमा समेत सो टेष्टका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको छ’उनले बताए।

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री भट्टले बताए। उनले बैतडी र डोटीमा संघीय सरकारसँग समन्वय गरेर प्रयोगशाला स्थापना गरि परीक्षण बढाइने बताए।

  कोरोनाको परीक्षण, उपचार, रोकथाम तथा नियन्त्रण तथा अन्य आपतकालिन अवस्थाका लागि  प्रदेश सरकारले ४० करोडको छुट्टै कोष स्थापना गरेको बताए।  कोरोना संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्वुलेन्स चालक, संचारकर्मी लगायतका लाई धन्यवाद समेत दिएका छन्।

प्रकाशित: २३ चैत्र २०७६ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App