coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री

परासी - कोभिड–१९ को जोखिम रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराइएको छ। जोखिम मोलेर बिरामी बोक्दै आएका चालकलाई हुनसक्ने सङ्क्रमण रोक्न उक्त सामग्री वितरण गरिएको हो। 

जिल्लाका २५ एम्बुलेन्स चालकलाई स्थानीयस्तरमै उत्पादन भएको पिपिई वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सुनवल नगरपालिकाले उत्पादन गरेर स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको पिपिई एम्बुलेन्स चालकको सुरक्षालाई ध्यानमा राखी वितरण गरिएको कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए।एम्बुलेन्समा बिरामी बोकेपछि सरसफाइमा विशेष ध्यान दिनसमेत उनले आग्रह गरे। बिरामीलाई अस्पताल पुर्‍याउने अघि आफ्नो स्थानीय तहलाई जानकारी गराएर मात्र जान आग्रह गरे।

उनले बिरामीबाट चालकलाई सङ्क्रमण नफैलियोस् भनेर सबै एम्बुलेन्स चालकलाई चालकको सिट पछाडि छेकवार गर्न पनि भनेको बताए। एम्बुलेन्स चालकलाई पिपिई लगाउने तरिका र उपयोगका बारेमा जानकारी पनि गराइएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए। यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको नभए पनि तत्कालका लागि सुरक्षा गर्न सक्ने अवस्थाको छ, हावा पानी नछिर्ने भएकाले यसलाई पुनः प्रयोग पनि गर्न सकिन्छ। एम्बुलेन्स चालक सङ्घका जिल्ला अध्यक्ष कृष्णबहादुर सहानीले भने सुरक्षात्मक सामग्री पाए पनि शत्प्रतिशत सुरक्षा हुनेमा भने ढुक्क नरहेको बताए।

जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले प्रदेश सरकारबाट १५ थान पिपिई जिल्लामा आएको बताउँदै ती पिपिई स्थानीय तहलाई हस्तान्तरण गरी एम्बुलेन्स चालकलाई उपलब्ध गराइने जानकारी दिए। रासस

प्रकाशित: २३ चैत्र २०७६ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App