coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दीर्घरोगीका लागि औषधिको व्यवस्था गरिने

रोल्पा- रोल्पाभित्र रहेका दीर्घरोगीहरुका लागि स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा बिरामीहरुले नियमित खाईरहेको औषधि व्यवस्थापन गरिने भएको छ। लामो समयदेखि निरन्तर औषधि खाईरहेका तर उक्त औषधि जिल्लामा नपाईने भएपछि स्वास्थ्य कार्यालयको समन्वयमा बाहिर जिल्लाबाट भए पनि औषधि ल्याईदिने तयारी गरिएको हो।

स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिका अनुसार मुटु, सुगर, प्रेसर वा अन्य दीर्घ रोगको औषधि नियमित खाईरहेकाहरुका लागि बाहिरी जिल्लाबाट भए पनि औषधि मगाउने व्यवस्था गरेका छौ। ‘लामो समयसम्म खानु पर्ने पूराना रोगीहरु जस्तै मुटु, रक्तनली, मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगी लगायतका बिरामीका लागि औषधि ल्याउने व्यवस्था गरेका हौ।’

उनका अनुसार बिरामीले औषधि किन्ने पैसा दिएमा सदरमुकामसम्म औषधि ल्याउने व्यवस्था गर्ने छौं। ‘औषधि किन्न नपाएर बिरामीको स्वास्थ्य अवस्था नबिग्रीयोस भनेर हामीले बिरामी बोकेर बाहिर जिल्ला जाने एम्बुलेन्समा उहाँहरुलाई औषधि ल्याईदिने व्यवस्था गरेका हौं।’ केसिले भने ‘यदि कोहि कसैलाई आवश्यकता परेमा मेरो फोन नम्बर ९८५११७८६८५ मा संम्पर्क गर्न सक्नुहुने छ।’

प्रकाशित: २३ चैत्र २०७६ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App