coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्वसाधारणका लागि चामल बिक्री खुला

वीरगञ्ज - लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ। पहिले  नेपालभर रहेका कारागार तथा पहाडी जिल्लामा मात्र मागअनुसारको चामल पठाउने गरिएकामा विभागको निर्देशनानुसार लकडाउनलाई ध्यानमा राखी आजदेखि सर्वसाधारणका लागि चामल बिक्री खुला गरिएको सो कार्यालयका शाखा प्रमुख नरनाथ अधिकारीले बताए। 

सो कार्यालयले अहिले सर्वसाधारणलाई जापानी चामल प्रतिकिलो ४७ रुपैयाँ तथा सोना मन्सुली चामल प्रतिकिलो ४६ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। सो कार्यालयसंँग हाल सोना मन्सुली ९० क्विन्टल ८० केजी तथा जापानी चामल करीब ११ हजार  मौज्दात  छ । सोना मन्सुली धान १४ हजार ८९४ दशमलव ५६ क्वीन्टल र जीरा मसिनो धान ३२ क्वीन्टल २५ केजी मौज्दात रहेको सूचना अधिकारी मुनिलाल कुशवाहले जानकारी दिए। 

लकडाउनका समयमा सर्वसाधारणलाई राहत वितरण गर्न सो कार्यालयमा वीरगञ्ज महानगरपालिकाले पाँच हजार क्वीन्टल सोना मन्सुली चामल माग गरेकाा जापानी चामल लग्न भनिएपछि लगिएको छैन । जापान सरकारले चालु आर्थिक वर्षमा नेपाल सरकारलाई ५०हजार क्वीन्टल चामल अनुदान दिएकामा वीरगञ्ज शाखालाई १५ हजार क्वीन्टल जापानी चामल प्राप्त भएको हो। लकडाउनका समयमा सर्वसाधारणलाई खाद्यान्न समस्या भइरहेको बेला सरकारले खुद्रा मूल्यमा चामल बिक्री शुरु गरेपछि दैनिक ज्यालादारी गरी गुजारा चलाउनेहरुलाई वरदान सावित भएको वीरगञ्जवासी बताउँछन्। रासस

प्रकाशित: २३ चैत्र २०७६ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App