coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिए

खोटाङ– उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन्। भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा भागेका उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा नेपालीलाई आइतबार नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। किर्तीमानको सम्पर्कमा रहेका दुई परिवारका आठ जनालाई समेत दुर्छिम स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।

उनी तीन दिनअघि आफन्तको घरमा आइपुगेको मेयर राईले बताए। चैत १२ गते कटारी आइपुगेका नेपाली मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर चैत १४ गते भागेको बताइएको छ। २१ जनाको समूहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो।

प्रकाशित: २३ चैत्र २०७६ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App