coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गरिब तथा विपन्न परिवारलाई राहत वितरण

जाजरकोट – जिल्लाको कुशे गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई ५० केजी चामल र एक प्याकेट नून दिने  निर्णय गरेको छ। गाउँपालिकाले लकडाउनले  समस्यामा परेका विपन्न परिवारलाई प्रति परिवार ५० किलो चामल र नून निर्णय गरेको हो। शनिवार गाउँपालिकाको केन्द्रमा  कार्यापालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुको वैठकले गाउँपालिकामा रहेका  ज्यालमा काम गर्नेले बिहान बेलुकीको खानाको जोहो गर्ने एक सय ९० विपन्न परिवारका जनतालाई खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको हो।

कोरोनाको  संक्रमण रोक्नका लागि गाउँपालिकाका तर्फवाट उच्च सतर्कता सहितको पूर्व तयारी गर्ने क्रममा  विपन्नहरुलाई  खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। 
 उनले  कोरोना लगाएतका  महामारी तथा विपतका वेला जनतालाइ राहत दिन आफूहरुले ३०  लाख रकमको विपद् व्यवस्थापन कोष  समेत खडा गरेको बताए। उक्त कोषको रकमलाइ महामारीका वेला समस्यामा परेका जनताको उपचार तथा सहयोग एवं उनीहरुको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता  दिन खर्च गरिने अध्यक्ष बस्नेतले बताए।

कोरोनाको सम्भावित संक्रमण रोक्न गाउँपालिका प्रवेशका नाकाहरुमा उच्च सतर्कता सहितको हेल्प डेस्क राखिएको, गाउँमा  जिल्ला वाहिर र देशवाहिरबाट आएकाहरुको व्यापक खोजी गरेर लगत संकलन गर्ने र उनीहरुलाई निगरानी गर्ने, गाउँ टोल वस्तीहरुका जनचेतनाका लागि नियमित रुपमा माइकिङ गर्ने , आवश्यकता अनुसार होम क्वारेन्टाइनमा राख्ने  तथा  कोरोनाको संकास्पद व्यक्तिहरुलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्डमा राख्ने लगायतका सबै तयारीहरु गरिएको अध्यक्ष बस्नेतले जनाए।

गाउँपालिकाको आफ्नो खर्च तथा सेभ द चिल्ड्रेन लगायतका अन्य निकायहरुसंग समन्वय गरि  गाउँपालिकाका सबै जनतालाई पुग्ने गरि मास्क, सावुन तथा अन्य सुरक्षाका सामग्रीहरु जनताको घरघरमा पुगेर वितरण गर्ने काम पनि भइरहेको अध्यक्ष बस्नेतले बताए। उनले कुशे गाउँपालिकाकामा कोरोनाको सम्भावित संक्रमण र अन्य महामारीलाई मध्यनजर गरि १० वटा विरामी राख्ने सर्जिकल  वेडहरु समेत खरिद गरि राखिएको वताए। साथै अध्यक्ष बस्नेतले  पूर्व संविधान सभाका सदस्य राजीवविक्रम शाहले दिएका ५ वटा र गाउँपालिकाको तर्फवाट खरिद गरिएका १० वटा  गरि १५ वटा सर्जिकल वेडहरु गाउँपालिकाको केन्द्र र पैंकमा  राख्ने व्यवस्था मिलाइएको बताए।

गाउँपालिकाका  कुनै पनि नागरिकहरुलाई कुनै प्रकारको समस्या नहोस् भनेर सबै प्रकारको सर्तकता र तयारी अपनाइएको अध्यक्ष बस्नेतको भनाई छ। शनिबार गाउँपालिकाका अध्यक्ष बस्नेतले र उपाध्यक्ष रामछाया शाहीले वडावडामा पुगेर  वडाध्यक्ष मार्फत विभिन्न सामाग्रीहरु समेत वितरण गरेका छन्। गाउँपालिकाका  नायव सुब्बा उदय थापाले दिएको जानकारी अनुसार हाल सम्म गाउँपालिकामा ६ हजार ५ सय  ५० वटा सर्जिकल मास्क , ३ सय  ६ थान सेनिटाइजर, ३५ वटा डिटोल सावुन, ७ हजार ३  ८० लाइफवोइ सावुन, ४ वटा फिल्टर,  १ हजार ७ सय  ४५ वटा सर्जिकल ग्लोवहरु , २० हजार जनचेतनामुलक पोस्टर पम्पलेटहरू, ९० वटा फलेक्स वोर्डहरु, १५ जोर गम वुटहरु, १६ वटा प्लास्टिक वाल्टीनहरु वितरण गरिएको छ।

यी समाग्रीहरु गाउँपालिका, सेभ द चिल्ड्रेन र पहाडी क्षेत्रविकास अभियान जाजरकोटले  आफनो आफनो तर्फवाट वितरण गरेका हुन्। 

 

प्रकाशित: २३ चैत्र २०७६ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App