coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आर्थिक अनियमितता रोक्न अनुगमन

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा सहितको अनुगमन टोली।

डोल्पा – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्व सर्तकता, आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनको नाममा हुने आर्थिक अनियमितता रोक्न यहाँको एक नगरपालिकाले अनुगमनलाई जोड दिएको छ। लकडाउनको समयमा कोरोना संक्रमित मानिसको प्रवेश रोक र कोरोना विरुद्धको  व्यवस्थापनको नाममा आर्थिक अनियमितता नहोस भनेर नियमित अनुगमनलाई जोड दिइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको हो।

लकडाउनको समयमा बाहिरबाट जिल्ला  प्रवेश गर्ने मानिसहरुको लगत संकलन क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्थापन हेल्थ डेक्सको अवस्था औषधि र उपकरणको मौज्दातबारे सातामा दुई पटक अनुगमन गर्ने गरिएको छ। डोल्पाका ८ स्थानीय तह मध्ये ६ ओटा स्थानीय तहको जिल्ला प्रवेशको मुलद्वार मानिएको त्रिपुरासुन्दरी नगरपालिका– ५ खदाङ्गस्थित हरियापानीमा स्थापना गरिएको हेल्थ डेक्स र फोक्सुण्डो आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइन लगायत नगर क्षेत्रमा स्थापना गरिएका सबै हेल्थ डेक्स र क्वारेन्टाइनको ब्यवस्थापनका बारेमा जानकारी लिन अनुगमन गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका लेखापाल रुपचन्द्र बुढाले जानकारी दिए।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा कार्यकारी प्रमुख प्रितीभक्त गिरी नेपाल रेडक्रस सोसाइटी नगर संयोजक तुलबहादुर विष्ट र संचारकर्मी समेतको टोलीले नगरपालिकाद्वारा कोभिड –१९ विरुद्द पुर्वसर्तकताको लागि गरिएका प्रयास हाल भइरहेको ब्यवस्थापन, सुधार गर्नु पर्ने पक्ष र थप प्रभावकारिताको लागि नगरले खेल्नु पर्ने भूमिकाको बारेमा अनुगमन गरिएको छ। यसैगरि फोक्सुण्डो आधारभूत विद्यालयमा स्थापना गरिएको २० बेडको क्वारेन्टाइनको क्षमता वृद्धि गरि ३० बेडको बनाइने र सिमा नाका भएकोले औषधि र उपकरण सहित जनशक्ति थप गरिने कार्यकारी प्रमुख गिरीले बताए।

कोरोना ब्यवस्थापनको नाममा फजुल खर्च गर्ने गरिएको पाइएकोले संकटको समयमा कसैले आवश्यकता भन्दा बढि खर्च नगर्न र आर्थिक मितब्यीता अपनाउन निर्देश गरिएको मेयर ओमबहादुर बुढाले बताए। कोरोनाको पूर्व सर्तकताको लागि कुनै पनि कसुर बाँकी नराखिने भएकाले आबश्यकता अनुरुप खर्च गर्नै पर्ने काममा नगरले खर्च गर्ने तर आर्थिक अनियमितता गर्ने कसैलाई नछाडिने मेयर बुढाले बताए। लकडाउन भएदेखि खदाङ्ग हेल्थडेक्सबाट १ हजार ८ सय जनाको स्वास्थ्य परिक्षण बताइएको छ।

 

 

प्रकाशित: २३ चैत्र २०७६ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App