coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घुम्ती पसल बन्द

कञ्चनपुर - भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन्। सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती पसल सेवा सञ्चालन गरिएको थियो। 

 नगरपालिकामा शनिबार बसेको अत्यावश्यक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको थप जोखिम बढेपछि अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। नगर प्रमुख सुरेन्द्र विष्टसहित जनप्रतिनिधि, समितिका सदस्य सहभागी बैठकले कोरोना भाइरस जोखिमको संवदेनशिलतालाई मध्यनजरगरी अर्को सूचना जारी नभएसम्मका लागि पसल बन्द गर्ने निर्णय गरेको हो। 

उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्थानीयमा सो भाइरसको सङ्क्रमण देखिएकाले लकडाउनको पूर्ण पालना गरी सुरक्षित हुन सबैमा आग्रह गरे। रासस

प्रकाशित: २३ चैत्र २०७६ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App