coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आर्थिक अभावले थलिदैँ जीतबहादुर

जुम्ला - जुम्ला रारागाउँका जीतबहादुर दमाइ बिरामीले थलिएको एक बर्ष बित्यो। उनी अहिले पनि हिड्न र कुनै पनि काम गर्न सक्दैनन्। ४० बर्षका जितबहादुर बिरामीले छटपटिदा घरमा कमाउने कोही छैनन्। उनकी पत्नीको पनि  एक बर्ष अघि सुत्केरी भएको तीन दिनपछि मृत्यु भयो। अहिले जीतबहादुर बेसहारा छन्। 

उनले भने,‘ पत्नी वित्दा शोकमा डुबे। अहिले रोगमा डुबेको छु। न उपचार गर्ने आर्थिक जुटाउन सकिएको छ, नत समाजमा निरोगी भइ बाच्न सकिएको छ। न छोराछोरीलाई सहज रुपमा पाल्न नै। उल्टो दैनिक जीवन निकै कष्टकर बन्दै गइरहेको छ। ’ 

जितबहादुर दमाइँका ३ जना सन्तान छन्। जेठो छोरी सम्झना दमाइँ १२ वर्षकी भइन्। घरपरिवारको खानखर्च सबै उनी बनाउँछिन्। तर कमाउने कोही नहुँदा विहान बेलुकी छाक टार्न हम्मेहम्मे छ। उनले गाउँलेसंग मागेको खाद्यन्नले परिवारको गुजारा चलेको बताइन्।  बुबाको स्वास्थ्य अवस्था राम्रो छैन्। उपचार गर्ने रकम छैन्।

उनले भनिन्,‘ हाम्रो परिवार निकै संकटमा छ।  संकटबाट मुक्ति दिलाउने अहिलेसम्म दाता भेटिएको छैन्। ’ बुबाकोा मुख हेरेर अहिलेसम्म बाँचिराखेको अनुभव सुनाइन्।

एक साताअघि एउटा बारी ४ हजार रुपैयाँमा बेचेर उनले परिवारको खाना जुटाए। कमाइकाज छैन्। तीन सन्तान हुर्काउनु छ। बिरामी  निको गर्न सकिएको छैन्, उनले आँखाबाट आशु खसाल्दै भने,‘उपचार गर्दिने भगवान भेटेको भए, ढुंगा गिट्टी फोडेर भएपनि बच्चाबच्ची हुर्काउथे। जनजीवन सहज पनि हुन्थ्यो। ’ न म मर्न सकेको छु। नत निको भएर केही गर्न सकेको छु। निकै अभावी बनेर छोराछोरीको बोझ भएर बाँचिराखेको छु। ’

माइलो छोरा बिजय दमाइँ १० बर्षको भयो। कान्छो छोरा अजय हो। दुइ बर्षको छ। जेठो छोरी र माइलो छोरा कालापहाडमै हुर्काएका उनले गाउँ फर्केपछि कान्छो सन्तान जन्माएका थिए। सुत्केरी अवस्थामा राम्रो खाना र राम्रा लगाउन गरिबीका कारण सकिएन्। पत्नी बिरामी पर्दा जोगाउन सकिएन्। उनले भने,‘ अहिले न गाउँलले हेर्छन् । नत कुनै आफन्त र नातेदारले नै। निकै बिचल्लीमा परिवार चलेको छ। ’

सामान्य बिरामी हुदा अस्पताल पुगेका उनलाइ डाक्टरले सामान्य दुइ टाटा औषधि दिएर घर फर्काए। महंगो औषधि किन्न सक्ने हैसियत थिएन। सस्तो उपचारले बिरामी निको भएन्।अहिले पानी पिएर मात्रै ज्यान धानेको उनी बताउँछन्।

हातगोडा चल्दैन्,मुठि पदैन। खाना खाएपछि अफ्ठयारो हुन्छ। रातमा भन्दा दिनमा निकै असहज हुने गरेको जीते बताउँछन्। कालापहाड गएर परिवार पाल्दै आएका उनी अहिले थलिएपछि एकसरो कपडा समेत फेर्न पाएका छैनन्। बालबच्चाले स्कुलको मुख देख्न पाएका छैनन् र शिक्षा हासिल गर्न पाउनु त धेरै टाढाको बिषय बनिसक्यो। राम्रो संग बिहान बेलुकी खाने खर्च समेत जुटाउन सकिएको छैन्।

उनले बिरामी उपचार गर्न सहयोग मिलेको भए छोराछोरीको बिचल्ली हुन नदिने जीतबहादुर बताउँछन्। जनता आवास कार्यक्रमको रकमले घर निर्माण गरेका उनले बिरामीका कारण घरको फिनिसिङ समेत गर्न सकेका छैनन्। गाउँमा उनी अतिविपन्न नागरिक भित्र पर्छन्। तर उनी सम्म अहिले सम्म राहतका कुनै कार्यक्रम पुग्न सकेका छैनन्। जीतबहादुर भन्छन्,‘ दया मानेर कसैले उपचार गर्दिएको खण्डमा म बाँच्छु होला। नत्र यो घरमा मर्नु बाँच्नुको कुनै अर्थ छैन्।

 

प्रकाशित: २३ चैत्र २०७६ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App