coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन सम्पन्न गर्न साढे ४ करोड खर्च

काठमाडौं– नेपाली कांग्रेसले १३ औं महाधिवेशन सम्पन्न गर्न झन्डै साँढे चार करोड खर्च लागेको जनाएको छ। सर्वजनिक प्रतिवद्धता विपरीत महाधिवेशन सम्पन्न भएको दश महिना बित्दासमेत आम्दानी र खर्च सार्वजनिक नगरेको कांग्रेसले बिहीबार निर्वाचन आयोगमा आर्थिक प्रतिवेदन बुझाउँदै ४ करोड ३२ लाख ९ हजार  ८ सय २ रुपैयाँ खर्च देखाएको हो।

महाधिवेशनका लागि विभिन्न व्यक्ति, संघसंस्थाबाट ३ करोड २१ लाख ६० हजार ३ सय ७३ रुपैयाँ चन्दा संकलन नभएको उल्लेख गर्दै आर्थिक वर्ष  २०७२÷०७३मा ५ करोड ८८ लाख ३९ हजार ८१ रुपैयाँ कमाएको जनाएको छ । चन्दालाई पारदर्शी बनाउने जनाउँदै महाधिवेशन अघि इबैंकको अवधारणा सार्वजनिक गरेको कांग्रेसले आयोगमा पनि त्यसको स्रोत खुलाएको छैन।

पार्टी क्रियाशील सदस्यता वितरण र नवीकरणका साथै उम्मेदवारी मनोनयनसहितका शीर्षकबाट चालू वर्षमा दुई करोड ६६ लाख ७८ हजार ७ सय ८ रुपैयाँ आम्दानी देखाएको छ। उसले गतवर्ष आठ करोड ११ लाख ९२ हजार ६ सय ३९ आम्दानी देखाएको कांग्रेसले चालूवर्षमा आठ करोड ३७ लाख ३८ हजार ८ सय ९ रुपौयाँ खर्च भएको जनाएको छ।

२ करोड ४८ लाख ९९ हजार ७ सय २७ रुपैयाँ बचत घाटासहितको आर्थिक प्रतिवेदन पार्टी सचिव प्रेम केसी र सहसचिव रविन ब्रर्जाचायले बिहीबार निर्वाचन आयोग पुगेर बुझाएका हुन्। आर्थिक प्रतिवेदनमा सबैभन्दा धेरै खर्च १३ औं महाधिवेशनको आवासमा भएको उल्लेख छ। एक करोड २० लाख ५९ हजार ६ सय ७४ आवासमा खर्च देखाएको कांग्रेसले १ करोड ३ लाख २० हजार ५ सय १० रुपैयाँ सम्मेलन स्थलको बहालमा लागेको जनाएको छ। महाधिवेशनको बन्दसत्र भृकुटीमण्डप, मतदान राष्ट्रिय सभागृहमा गरेको उसले सभापति बाहेको मतगणना र मनोनयनसहितको निर्वाचनसम्बन्धी काम पार्टी केन्द्रीय कार्यालयमा गरेको थियो ।

त्यस्तै, प्रचारमा १७ लाख २२ हजार ८ सय खर्च गरेको उल्लेख गर्दै उसले पार्टीको नयाँ नेतृत्व चयनका क्रममा भएको चुनावमा ६७ लाख ३६ हजार २ सय ९२ खर्च देखाएको छ। महाधिवेशन प्रतिनिधिहरुको खानामा ९१ लाख ५६ हजार ३ सय ९८ खर्च गरेको उसले स्टेशनरी तथा छपाइमा १२ लाख ५९ हजार ८ सय ८४ खर्चेको प्रतिवेदनमा उल्लेख छ । महाधिवेशन भ्रमणमा दुई लाख ५१ हजार ५ सय ९० देखाउँदै कांग्रेसले अन्य खर्च भनेर १७ लाख २ हजार ६ सय ५३ पनि देखाएको छ ।
त्यस्तै, कांग्रेसले भूकम्प प्रभावितहरुलाई एक करोड ८१ लाख १२ हजार आर्थिक सहयोग गरेको जनाएको छ । केन्द्रीय कार्यालयमा कार्यरत दुई दर्जन कर्मचारीको तलवमा कांग्रेसले ६०लाख २२ हजार खर्च गरेको छ भने साधारण तथा प्रशासनिक ९६ लाख ५० हजार ६सय ६१ लागेको उल्लेख छ । गत वर्षको तुलनमा यस वर्ष दुबै शीर्षमा झन्डै ४८लाख बृद्धि देखिन्छ । पार्टीको विभिन्न तह र व्यक्रिबाट उठ्न बाँकी २८लाख ५५हजार २३रुपैया मिनाह गर्दै खर्च देखाएको छ । चालुवर्षमा जम्मा ५० रुपैयाँ वित्तीय खर्च जनाएको उसले गतवर्ष भने उक्त शीर्षकमा ११ सय ६३ देखाएको छ ।

६ करोड ६० लाख ५५ हजार ६ सय २५ स्थिर सम्पत्ती रहेको जनाउँदै कांग्रेसले सात करोड ७३ लाख ७४ हजार २ सय ६१ रहेको उल्लेख छ । गत वर्ष बैंकमा नगत मौज्दात १० करोड ९० लाख ६५ हजार ८७ रुपैयाँ थियो । चालू सम्पत्ती १ करोड १० लाख ३७ हजार १ सय ३६ रुपैयाँ बराबरको रहेको जनाउँदै उसले १ करोड २३ लाख ५० हजार ७ सय ४४ रुपैयाँ दायित्व देखाएको छ । जुन गतवर्ष १ करोड ४९ लाख ७५हजार २ सय ९७ रहेको थियो ।   

पार्टी सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सीतादेवी यादवका साथै चाट्र्रर एकाउन्टेनहरु ए यस आर एन एसुसेट अंकुश कुमार, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल र सहसचिव रविन बज्रार्चायको हस्तारसहित आयोगमा प्रतिवेदन बुझाइएको छ ।

पुस मसान्ताभित्र गएको आर्थिक वर्षको आर्थिक प्रतिवेदन बुझाउनु पर्ने ऐनको व्यवस्था अनुसार बिहीबारसम्ममा कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका ७६ राजनीतिकलले विवरण बुझाइका छन् ।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले शुक्रबारसम्ममा सबै दलहरुले आम्दानी र खर्चको विवरण आयोगलाई बुझाउने विश्वास व्यक्त गरे । ‘ऐनमा रहेको व्यवस्था अनुसार दलहरुले पुस मसान्ताभित्र विवरण बुझाउनै पर्छ,’ उनले भने, ‘७६दलको विवरण प्राप्त भएका छन्, अन्यले पनि समयसीमा भित्रै बुझाउनेमा आशावादी छौं ।’
 

प्रकाशित: २८ पुस २०७३ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App