coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

जाजरकोट–बेग्लाबेग्लै दुर्घटनामा २ जनाको ज्यान गएको छ। ढिमे–१ दमडाढा स्थित भे.१ त ५७०७ नम्बरको ट्याक्टर बिहीबार सडकदेखि करिव ३० मिटर तल खस्दा बर्दिया मोतिपुर नगरपालिका–४ बस्ने २६ बर्षीय ट्याक्टर साहु हरि बहादुर पुनको घटनास्थालमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देही बुटवल उपमहानगरपालिका–४ मैनाबगरचोक स्थित महेन्द्रराजमार्गमा लु.१ ख ८२५९ नम्बरको ट्रकले लु.२० प ३९४८ नम्बरको स्कुटीलाई ठक्कर दिंदा गुल्मी अस्लेवा–९ घर भई बुटवल–१३ बस्ने २४ बर्षीया तुलसा पाण्डेको मृत्यु भएको छ।

गम्भीर घाइते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २८ पुस २०७३ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App