८ वैशाख २०८१ शनिबार
समाज

धनकुटा नगरले १५ सय परिवारलाई राहत वितरण

मालाती मोक्तान

धनकुटा- धनकुटा नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने, अति विपन्न र श्रोत विहिन १५ सय परिवारलाई राहत वितरण गरेको छ।  मेयर चिन्तन तामाङका नेतृत्वमा नगरका  सवै वडामा राहत वितरण गरेको हो।  नगर क्षेत्रमा लकडाउनको कारण हातमुख जोर्न समस्यामा परेका परिवारको टोलविकास संस्थाको सिफारिस मार्फत छनौट गरि राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए।   

                नगरपालिकाले हरेक परिवारलाई २५ केजी चामल, २ केजी  दाल, १ केजी नुन्, १ लिटर खाने तेल र १ थान हातधुने सावुन वितरण गरेको छ।  राहत पाउनेहरुमा वडा नं. १ मा २६१ , वडा नं.२ मा १२ ,  वडा नं.३ मा १३५, वडा नं.४ मा ५०, वडा नं. ५ मा ८५, वडा नं.६ मा २५७, वडा नं.७ मा २४०, वडा नं.८ मा ९६, वडा नं.९ मा ९२ र वडा नं.१० मा १०९ परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए।  

दैनिक उपभोग्य सामाग्री घर घरमै

धनकुटाका स्थानिय युवाले दैनिक उपभोग्य सामाग्री सहित तरकारी तथा दुग्ध उपभोक्ताको घर घरमै पुर्याउने ब्यबस्था मिलाएका छन्।  

      धनकुटा नगरपालिका वडा नम्बर एक हिले बजारमा स्थानीय युवाले घर घरमै सामान पुर्याउने ब्यबस्था मिलाएका हुन्।  बजार पसलमा हुने भिडभाडलाइ मध्यनजर गदै भिडभाड कम गराउन सहयोग गर्ने उद्धेश्यले स्थानिय सृजनसिल सांस्कृतिक समह मार्फत दैनिक आबश्यक सामाग्री उपभोक्ताको घर घरमै पुगेर बितरण गर्न सुरु गरेको हो।  समुहले बिहान र दिउसो दुइ समय दैनिक चार घण्टा दुग्ध र तरकारी बितरण गर्ने गरेको छ।  त्यस्तै फोन गरेर अन्य दैनिक उपभोग्य सामाग्री मगाए बजार मुल्यमै अतरीक्त सुल्क नलिइ तत्काल उपलब्ध गराउने ब्यबस्था मिलाएको समुहका अध्यक्ष भुपेन थिङ्गले बताए।   

 यो कार्यको लागि स्थानिय गुराँसे टिस्टेट प्रा.ली र जुनु चियाबारी कम्पनीले सबारीसाधन उपलब्ध गराएका छन्।  

 

प्रकाशित: २२ चैत्र २०७६ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App