coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना त्रासः न्यूनतम सुरक्षा पनि नअपनाई चिया मजदुरलाई कामको दवाव

झापा – देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।

काममा नआए राजीनामा देऊ भन्दै म्यानेजरले चेतावनी दिएपछि आफूहरु जोखिम मोलेर पनि काममा खटिएको उनीहरुले बताएका छन्। 

कमानका म्यानेजर नितेश कुमार जैसवालले ‘कि काममा आउ, या त राजिनामा देउ’ भनेर बोलाउदै जबर्जस्ती हस्ताक्षर गराएको एक मजदुरले बताए।

‘हामीलाई त रोजिरोटीको समस्या छ, अहिलेसम्म कुनै पनि निकायले राहत दिएको छैन। कतैबाट खाद्यान्न मात्र पाए पनि हामी जोखिममा काम गर्ने थिएनौं।’ उनले भने।
 
यता कमान मेनेजर जैसवालले भने माथिको आदेश भन्दै काममा लगाएको दाबी गरेका छन्। त्रिबेणी ग्रुपका सुवास साङ्हाई ब्यबस्थापकलाई सम्पूर्ण प्रक्रिया पुरागरी काममा लगाउन निर्देशन दिएको बताउछन्।

सामान्य सुरक्षा व्यवस्थासम्म नगरी चिया कमानका मालिकले मजदुरहरुलाई जबरजस्ती काममा लगाएर मजदुरको जिन्दगीमाथि खेलवाड गरेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए। 

अध्यक्ष भुजेलले कार्यस्थलमै आएर तत्काल काम रोक्न निर्देशन दिएको समेत जानकारी दिए। बिदा अवधिभरको पैसा र रासनको ब्यवस्था समेत उक्त कम्पनीलाई निर्देशन दिएको उनको भनाइ छ।

कम्पनीले उक्त निर्देशनको अटेर गरे गाउँपालिकाले नै सम्पूर्ण मजदुरहरुको रोजीरोटीको व्यवस्था गर्ने पनि अध्यक्षले भ्जेलले प्रतिवद्दता जनाए।

 

प्रकाशित: २२ चैत्र २०७६ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App