coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मास्क सिलाएर निःशुल्क वितरण

भक्तपुर – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा मास्क कालोबजारी चलिरहँदा भक्तपुरका केहि महिला मास्क सिलाउँदै सर्वसाधारणलाई निःशुल्क वितरण गरेका छन्। देश लकडाउन भएपछि सबैजना आ–आफ्नो कोठामा सिमित रहेका बेला उनीहरु भने मास्क सिलाउँदै निःशुल्क वितरणमा जुटेका हुन्। 

भक्तपुरको सूर्यविनायक गरपालिका वडा नं. १० चित्तपोलका मनसोभा सुवाल त्वाती, मीनाकुमारी त्वाती, रीता त्वाती, अनिता त्वाती, रुदिशा त्वाती, आयुशा त्वाती, सायरा त्वाती, संगीत त्वाती, कृष्णा कपाली, कोपिला लागेजू, आस्वीनी त्वाती , निर्माला ङाखुसीलगायतका एक दर्जन महिलाहरुको समूह अहिले मास्क सिलाउँन व्यस्त छन्। अरु बेला उनीहरुमध्ये कोहि  शिक्षक, सिलाईबुनाई, विद्यार्थी र गृहिणी काम गर्थे। तर अहिले उनीहरुको दैनिकी भने फेरिएर विभिन्न टेलर सेन्टरबाट काम नलाग्ने टुक्राटाक्री कपडा ल्याउने र त्यसबाट मास्क सिलाएर  निःशुल्क वितरण गर्न थालेका हुन्। 

‘यतिबेला देश लकडाउन छ। संक्रमणबाट बच्न मास्क सेनिटाइजर वा सवुनपानीले हात धुनुपर्छ भनिएको छ। तर बजारमा मास्क छैन। बजारमा भएपनि ग्रामिण भेगका मानिसहरुसँग किन्ने क्षमता हुदैन्। त्यसैले आफूहरले विना स्वार्थ यो काममा जुटेको उनीहरुले बताए।  समूहमा संलग्न मनसोभाका अनुसार सबै जना चित्तपोल सामुदायिक सिकाई केन्द्रबाट सिलाईकाले खेर जाने कपडाको  टुक्रा संकलन गरि मास्क बनाउँदै वितरण गरिएको हो।  मास्कलाई धोएर पुनः प्रयोग गर्न मिल्ने बनाएको उनले बताइन्। 
 
विभिन्न महिला समूहमार्फत नजिकका टोलहरुमा आवश्यकता अनुसार निःशुल्क रुपमा मास्क  पठाउने गरेको उनले जानकारी दिइन्।  मास्क विशेष गरि बालबालिक तथा जेष्ठ नागरिकलाई  प्राथमिकताका साथ वितरण गरेको उनीहरुको भनाई छ। उनीहरुका अनुसार हालसम्म एक हजार पाँंच सय भन्दा बढी मास्क वितरण गरिसकेको छ। एक मिटर कपडाबाट १५ वटासम्म मास्क बन्छ। आफूहरुले बनाएको मास्क प्रयोग लाभदायी हुने उनीहरुको भनाई छ। 

प्रकाशित: २२ चैत्र २०७६ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App