coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्झौता हुन नसकेका चालू वर्षका योजनाको रकम बिपद् कोषमा रकमान्तर हुने

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले चालू आवका लागि बिनियोजन तथा तय भएका तर अहिले सम्म सम्झौता नभएका योजनाको रकम रकमान्तर गरेर कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा लगाउने निर्णय गरेको छ।

बिपद्को समयमा लागेको लकडाउनका कारण भोकै बस्नु पर्ने अवस्थाका सदस्यलाई कुनै समस्या नआओस् भनेर यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए। उनका अनुसार चालू आवका लागि तय भएर पनि सम्झौता हुन नसकेका योजनाको रकम राहत कोषमा स्वतःरकमान्तर हुने छ।

शनिबार बसेको कार्यपालिकाको बैठक तथा यसअघि सम्पन्न गाउँसभाबाट स्वीकृत कार्यविधिका आधारमा यस्तो निश्कर्षमा पुगेको समेत गुरुङले जानकारी दिए। शनिबारकै कार्यपालिकाको बैठकले त्यहाँका जनप्रतिनिधिले १ महिना बराबरको तलव सुबिधा गाउँपालिका स्तरको कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। ४३ जनाको गाउँसभा रहको सिरिजङ्घा गाउँपालिकामा जनप्रतिनिधिको मासिक तलव मात्र ४ लाख ८८ हजार ५०० रुपैयाँ जम्मा हुने छ।

यस्तै गाउँपालिकाका कार्यरत अधिकृत स्तरका कर्मचारीको ५ दिन तथा सो भन्दा तल्लो तहका कर्मचारीको २ दिनको तलव समेत कोषमा सम्मा हुने छ। स्वास्थ्यका कर्मचारी बाहेक अन्य सबै कर्मचारीले कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। यसो गर्दा कोषमा कर्मचारीको मात्र करिव १ लाख रुपैयाँ जम्मा हुने अध्यक्ष गुरुङले जानकारी दिए।

उसअघि बिपद् व्यवस्थापन कोषमा करिब १४ लाख रुपैयाँ रहेकोमा अब जनप्रतिनिधि तथा कर्मचारीको सुबिधा र सम्झौता हुन नसकेका योजनाको रकमान्तर भएको बजेट समेत थपिएर कोष खडा हुने उनले जानकारी दिए। गाउँपालिकाले अहिले तत्कालका लागि गाउँपालिका भित्रका करिब ८ सय परिवारका राहत तथा सहयोग गर्नुपर्ने गरी प्रारम्भिक तथ्याङ्क बनाएको छ। यद्यपी संख्या यकिन हुन बाँकी रहेको र वडा कार्यालयबाट यकिन संख्या आएपछि राहत प्राप्त गर्नेको अन्तिम सूची तयार पार्ने समेत गुरुङले बताए।

गाउँपालिकाले अब उप्रान्त अन्तर गाउँपालिका भित्रबाट पनि सिरिजङ्घा गाउँपालिका प्रबेश गरेमा अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम बनाएको समेत गुरुङले बताए। ‘यसको अर्थ आजैबाट नेपाल सरकारले लगाउने लकडाउनको अवधिसम्म गाउँपालिका भित्र पूरै लकडाउन लगाईएको हो’ अध्यक्ष गुरुङले भने।

 

 

प्रकाशित: २२ चैत्र २०७६ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App