coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोराेना कहर : युवाले गरे राहत वितरण

राहत लैजादै मजदुरहरु ।

रोल्पा- कोरोना संक्रमणको त्रास बढेपछि देशमा गरिएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्नहरुलाई रोल्पा सदरमुकामका स्थानीय युवा व्यापारीहरुले खाद्य सामग्री वितरण गरेका छन्। दैनिक मजदुरी गरेर परिवार धान्ने २१ व्यत्तिललाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, दुई किलो नुन र एक लिटर तेल वितरण गरिएको हो। सरकारले बिपन्नलाई राहतमा ढिलाई गरेपछि युवाहरुले आफ्नै खर्चमा राहत वितरण गरेका हुन्।

‘धेरै जनाको थोरै सहयोगले समस्यामा परेकालाई राहत दिनुपर्छ भन्ने मान्यताले यो सहयोग गरिएको हो।’ उद्योग बाणिज्य महासंघका केन्दीय सदस्य तथा रोल्पा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्यले भने ‘बिपद्को समयमा केहि हुनेले कत्ती पनि नहुनेलाई सहयोग गर्नु मानवीय धर्म पनि भएकाले राहत प्रदान गरेका हौ।’  

व्यापारी किशोर आचार्य, रमेश अधिकारी, मेघु शाह, रमेश आचार्य, सन्तोष आचार्य, अशोक आचार्य, अशोक श्रेष्ठ, गोबिन्द आचार्य, बैकुण्ठ श्रेष्ठ, सागर डागि, राजन श्रेष्ठ, चोपनिधि सुबेदी, तुलसा आचार्य, मंगल गुप्ता, पुष्पा श्रेष्ठ, रचना श्रेष्ठ लगायत ग्लोबल आईएमईका प्रबन्धक प्रबिण आचार्य र सुआहारा कार्यक्रमका कपिल श्रेष्ठले उक्त सामग्रीको जोहो गरेका थिए।

रोल्पामा दैनिक मजदुरी गरेर जीवन चलाउनेहरुलाई लकडाउनपछि समस्या सुरु भएको छ। यहाँका स्थानीय सरकारहरुले अति बिपन्नलाई छिटै राहत वितरण सुरु गरिने बताएका छन्।
 

 

प्रकाशित: २२ चैत्र २०७६ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App