coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बियरको ट्रक नै चाेरी गर्ने चालक पक्राउ

रौतहट- ट्रक मालिकसँग मिलेर एक ट्रक बियर नै गायब गर्ने चालकलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। गत फागुन ३० गते नवलपरासीको गोर्खा ब्रुअरी प्रालिबाट ना ५ ख २६८६ नम्बरको ट्रकमा लोड गरी जनकपुरको लागि हिँडेको ट्रक बाटैमा हराएको थियो।

ट्रक मालिकको मिलोमतोमा चालकले पूरै बियर भारतीय व्यापारीलाई बेचेका थिए। ट्रक मालिक कटहरिया नगरपालिकाको जमुनियाका फैमुल हकको निर्देशनमा भारतीय व्यापारी विकास साहलाई चालक गढीमाई नगरपालिकाको गम्हरिया लक्ष्मीपुर टोलका जबिउल्ला अन्सारीले बेचेपछि बियरलाई गरुडा नगरपालिकाको अमरपटिस्थित उमेश यादवको घर भाडामा लिई लुकाएको थियो।

बियर र ट्रकको खोजी भएपछि इलाका प्रहरी कार्यालय गरुडाले गत चैत ३ गते ट्रकको बियर गत चैत ३ गते इलाका प्रहरी कार्यालय गरुडाले बरामद गरेको थियो। ट्रकमा १४४० कार्टुन बियर रहेको र यसको प्रचलित मूल्य करिब पचास लाख रुपैयाँ रहेको जनाइएको छ।

एक ट्रक बियर नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ट्रक मालिक हक र भारतीय व्यापारी साहलाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि ज्ञानकुमार महतोले जानकारी गराएका छन्।

प्रकाशित: २२ चैत्र २०७६ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App