७ वैशाख २०८१ शुक्रबार
समाज

बिरामीलाई घरमै औषधि

भीमदत्तनगर -‘लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पुर्‍याउने भएको छ। 

सो क्लबका प्रथम उपाध्यक्ष सुनिल थापा मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरेबमोजिम घरमै पुर्‍याउँदै आएको बताए। अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाइ यो व्यवस्था मिलाएका हौँ, थापाले भने, हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ।

क्लबले भीमदत्तनगरको महाकाली अस्पताललाई पाच थान पिपिइ र स्यानिटाइजर उपलब्ध गराएको छ। बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भनेर क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाइएको छ। रासस

प्रकाशित: २२ चैत्र २०७६ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App